Photo of Milford Sound in New Zealand

झापा, असार २९- काखमा ६ महिनाको छोरा, ६ वर्षकी छोरि सम्पदा बर्खे बिदामा दिदीको घर गएकी रहेछिन्। झापा शिवसताक्षी ७ चन्द्रडाँगीकी मालतिको बोल्ने साथी सासु दुर्गा र ससुरा लक्ष्मण मात्रै। श्रीमान राजु ढकाल धन कमाउन विदेश गएको १ वर्ष भएको रहेछ। मालतिले घर व्यवहार सारा थामेर राजुलाई विदेश पठाएकी थिईन्। ‘फोनमा बोल्दा राम्रै छ भन्नुहुन्थ्यो,’ मालतिले भनिन्, ‘तर उहाँ कुवेतको सुलेवियास्थित जेलमा आजिवन कारावास गुजारिरहनु भएको रहेछ।’

यो खबर मालतिलगायतका परिवारले असारको पहिलो साता मात्रै थाहा पाए। कुवेतमा श्रीमान् जेलमा परेको खबर सुन्ने बित्तीकै मालति बेहोस भएकी रहेछिन्। उनलाई सम्झाउने बुझाउने सासु ससुरा अनि छर छिमेक। ‘जेलबाट छुटिहाल्छ नि के पिर गर्छेस्’, यसै भन्दै सम्झाउथे मालतिलाई।

२०७३ जेठ २ गते राजु कुवेतका लागि घरबाट निस्किएका थिए। एक जना पाकिस्तानी नागरिकले झुक्याएर राजुलाई औषधि भन्दै लागूऔषध ओसार पसारमा लगाएको राजु आफैंले तयार पारेर पठाएको चिठीमा उल्लेख छ। राजु कुवेतको केएफसीमा डेलिभरी व्वाईको रूपमा काम गर्थे। राजुले काम गर्ने कम्पनीबाट ११० केडि पाउँथे। उक्त पाकिस्तानी नागरिकले यो औषधि लगेबापत त्यतिनै केडि पाउने आश्वासन राजुलाई दिएको थियो।

राजु धन भएर विदेश गएका थिएनन्। उनी कमाउन भनेर विदेश गएका थिए। पाकिस्तानी नागरिकले मोटो रकमको आश्वासन दिएपछि राजु ड्यूटीबाट रूम फर्किदा उनकै शव्दमा औषधि लिएर आउँथे। राजुलाई पाकिस्तानी नागरिकले दिएको औषधिनै हो भन्ने ठूलो विश्वास थियो। एक दिन राजु आफूले बोकेको औषधि साथीलाई देखाए। रूमका साथी भाईले यो लागूऔषध हो भनेर ठोकुवा गरेपछि राजु छाँगाबाट झरे झै भए।

साथीले यस्तो कारोबार गरे रूमबाट निकालिदिने धम्की राजुलाई दिएपछि पाकिस्तानी नागरिकले भनेको औषधि बोक्न छाडिदिनेमा राजु राजी भए। राजुले बल्ल थाहा पाए यो त प्रतिबन्धित लागूऔषध रहेछ।

उनले पाकिस्तानी नागरिकलाई भने, ‘यो त प्रतिबन्धित लागूऔषध रहेछ म यस्तो काम गर्दिनँ। मलाई पुलिसले पक्राउ गर्यो भने मेरा जहान छोराछोरी भोकै र नाङ्गै हुन्छन् राजुको भनाई उदृत गर्द श्रीमती मालतिले भनिन्।

पाकिस्तानी नागरिकले यतिका दिन त मेरो काम गरिस आज एक दिन मात्र गरिदे त भोलिदेखि नगर्नू। उनीहरूको छोटो संवादमा पुनः राजु पाकिस्तानि नागरिकको विश्वासमा परे। जुन दिन अन्तिम थियो राजुको लागूऔषध बोक्ने त्यसै दिन राजु प्रहरीको घेराबन्दीमा परे।

नेपालको मिति अनुसार २०७३ साउन ४ गते कुवेत प्रहरीले राजुलाई पक्राउ गर्‍यो।

लागूऔषध बोक्न लगाउने ती पाकिस्तानीले प्रहरीलाई सुराक दिएको राजुले सेतोपाटीलाई फेसबुक म्यासेन्जरमा बताए। ‘सिभिल पोसाकमा आएका प्रहरीले ड्यूटीबाट रूम फर्कदै गर्दा मलाई पक्राउ गर्‍यो र प्रतिवन्धित लागूऔषध ओसारपसार र खरिद बिक्रि शीर्षकमा मुद्दा चलायो।’

राजुलाई कुवेतको पुनरावेदन अदालतले आजिवन कारावास फैसला सुनाएको छ। अहिले राजु कुवेतको जेलमा आजीवन काराबास सजाय भोगिरहेका छन्।

काठमाडौंको बाँसबारीस्थित सान ईन्टरनेसनल मेनपावरबाट राजु नेपालको सम्पूर्ण कानुनि प्रकृया पुरा गरेर कुवेतका लागि उडेका थिए। घर व्यवहार धान्ने र भएका साहुको ऋण चुक्ता गर्ने हिसावले उनी कुवेत गएको उनका वुवा लक्ष्मण ढकालले बताए।

राजुको मुद्दाका लागि कुवेतमा निजी वकिल नपाउँदा उनलाई हदैसम्मको सजाय भएको बताईएको छ। मुद्दामा थुनछेकको बहस गर्ने वकिल नहुँदा राजुले आजिवन जेल सजाय भोग्नु परेको उनैले बताए। राजुका बुवा लगायतका आफन्तले कुवेती जेलबाट रिहा गर्न हदैसम्मको प्रयास गरे तर सकेनन्। उनका बुवाले भने, ‘हाम्रो काबु बाहिरको कुरा रहेछ।’

परराष्ट्र मन्त्रालयदेखि वैदेशिक रोजगार विभाग हुँदै कुवेतको नेपाली दूतावासमा पनि अनुनय विनय गरे राजुका वुवाले तर उनको समस्या सुनिदिने कोहि भएन। उनले आँखाभरी आँसु पार्दे भने, ‘हामी निरीहको वेदना कस्ले सुन्दो रहेछ र?’ मालतिले नेपाल सरकारसँग अपिल गर्दे भनेकि छन् सरकार मेरा श्रीमानको झुटा मुद्दा फिर्ता गराईदिन कुटनीतिक पहल गरीदेऊ। मेरा छोरा छोरा छोरी पढ्न मात्र होईन भोकै हुने भए।’

मालतिले कुवेतस्थित नेपाली दूतावाससँग पनि अनुनय गर्दे भनिन् ‘मेरा श्रीमान्को मुद्दा झुटा हो दोस्रो व्यक्तिले फसाईदियो। मेरो श्रीमान् गलत हुनुहुन्न।’ सेतोपाटीमा समाचार छ |

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ujYPCJ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top