Photo of Milford Sound in New Zealand

भारतको झज्जरस्थित डिफेन्सी कोलोनीको एक घरको प्रांगणमा एउटा नागजोडीले आधा घन्टासम्म नृत्य गरेको कुरा अहिले त्यहाँ चर्चाको विषय बनेको छ ।

साँझ ७ बजेतिर नाग नागिनले नृत्य गरेको एकजना महिलाले देखेपछि केही समयमै त्यहाँ ठूलो भीड जम्मा भएको थियो । भीड जति जम्मा हुँदै जान्थ्यो नाग नागिन त्यति नै नृत्यमा सक्रिय देखिएको थियो ।

भीड जम्मा भएपछि केहीले नृत्यको भिडियोसमेत खिचेका थिए, अनि केहीले तस्बिर । जम्मा भएका मान्छेहरु नाग नृत्यको भरपुर मनोरञ्जन लिएका थिए ।

भीडमा देखिएकी एक महिलाले यो साउन महिना भएको र साउनमा नाग नृत्य हेर्न पाउनु भाग्यको विषय भएको बताइन् । आधा घन्टा नृत्य गरेपछि नाग नागिन अनौठो तरिकाले हराएका थिए । भीडले नाग नागिनलाई खोजे पनि रात पर्न थालेकाले उनीहरुले भेट्न सकेनन् । राजधानी दैनिक बाट

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tqxsr9
via IFTTT

0 comments:

Post a Comment

add

 
Top