Photo of Milford Sound in New Zealand

पर्यटकीय नगरी पोखरामा अत्याधुनिक सुविधासहितको सुपरडिलक्स बससेवा सुरु भएको छ ।पोखरा जगदम्बा ट्राभल्स प्रालिले बिहीबारदेखि सुरु गरेको सेवा उत्कृष्टस्तरको भएकोे दाबी गरिएको छ ।

बससेवाको पोखरा–लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले शुभारम्भ गरे ।प्रविधिमैत्री बसको प्रत्येक सिटमा टेलिभिजन तथा खाना टेबल रहेको छ । २१ सिट क्षमताको बसभित्रै रेस्टरुम र मिनीबारको सुविधा रहेको उक्त बस पृथ्वी राजमार्ग बस सन्चालक समितिअन्तर्गत् सन्चालित छ ।

प्रत्येक सिटमा छुट्टाछुट्टै टेलिभिजन, रिमोटबाटै सिट फोल्डिङ गरेर सुत्न सकिने, रिमोट सिस्टमबाटै मसाज गर्न सकिने सुविधा उपलब्ध रहेको प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिए । बस दैनिक बिहान ८ बजे काठमाडौं र पोखराबाट छुट्नेछ । यात्रीको सुविधाका लागि बसका टोली खटिनेछन् ।

दुईओटा बसमा प्रतिबस करिब चार करोड रुपैयाँ लगानी भएको अधिकारीले जानकारी दिए ।अमेरिकाबाट सिट आयात गरी भारतमा टाटाको अत्याधुनिक च्यासिज प्रयोग गरी बस तयार गरिएको हो । बसमा यात्रा गर्न प्रतिव्यक्ति २२ सय रुपैयाँ तिर्नुपर्नेछ । भिडियो हेर्नुहोस्

The post चार करोडको बस पोखरा–काठमाडौं सरर: हावाइजहाजमा जस्तै -(भिडियो हेर्नुहोस्) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2jePWCU
via IFTTT

0 comments:

Post a Comment

add

 
Top