निमदत्त सुवेदी, पोखरा
पढाइ सकेपछि जागिर खोज्न निक्कै भौतारिए सूर्यप्रसाद लामिछाने। पोखरा–लेखनाथ महानगरपालिका–३१ बेगनासतालका उनले जति प्रयत्न गरे पनि जागिर पाउन सकेनन्। अन्तत उनी निष्कर्षमा पुगेः मौरी पालन गर्ने।
१५ हजार रुपैयाँको जागिर खोज्दै हिँडेका लामिछाने अहिले बेगनास मौरीघार उद्योग सञ्चालन गरी वार्षिक १८ लाख अर्थात मासिक एक लाख ५० हजार रुपैयाँ आम्दानी गर्छन्। उनले ९० वटा घारबाट मह उत्पादन गर्दै आएका छन्।
मह र मौरीका घार बेचेर ११ वर्षमै कमाएको पैसाले घर खर्च गरेर अहिले बेगनास तालचोकमा करिब एक करोड पर्ने घर घडेरी जोडेको लामिछाने बताउँछन्। दाजु टंक लामिछानेले मौरीको मह काडी खाँदै गरेको देख्दा मह खाने तथा मौरीपालन व्यवसायमा लाग्ने प्रेरणा जागेको उनको भनाइ छ। दाजुबाट दुई गोला मौरी किनेर उनले मौरीपालन थालेका थिए।
विसं २०६३ देखि व्यवसायमा लागेका लामिछानेले अहिले मौरीका घार निर्माण, मौरीजन्य सामग्री, झोला, टोपी, पञ्जा, मह निकाल्ने मदानी बिक्री तथा तालीम दिएबापत सेवा शुल्क लिने गर्छन्।
उत्पादनभन्दा बजारको माग बढी भएकाले बिक्री गर्न समस्या छैन। लामिछानेले पोखरा, लमजुङ, तनहुँ, बागलुङ, स्याङ्जा, काठमाडौँसम्म मह बिक्रीका लागि पठाउने गरेका छन्। एक वर्षमा ३० लाखदेखि ३५ लाखको कारोबार हुन्छ। उनकी श्रीमती लक्ष्मीले १५ लाखको लागतमा मौरी किचन कर्नर व्यवसाय सञ्चालन गरेका छन्।
अध्ययन अवलोकन गर्नका लागि लामिछाने अमेरिका, जर्मनी, नेदरल्याण्ड, बेल्जियम, फ्रान्स, पोर्चुगल, स्पेन, भियतनाम, चीन र भारत पुगिसकेका छन्। लामिछानेले आफ्नो अनुहारमा मौरीको गोला राखेर आनन्द लिने गरेका छन्। शुरुमा लेखनाथ उद्योग वाणिज्य संघको सहयोगमा सामान्य तालीम लिनुभएका लामिछानेलाई उत्कृष्ट मौरीपालक कृषकका रुपमा गत वर्ष युवा परिषद्ले ५० हजार राशिको राष्ट्रिय पुरस्कारबाट पनि सम्मान गरेको थियो।
अहिले उनले पाँच जनालाई रोजगारी दिएका छन्। जिल्लामा वार्षिक पाँच मेट्रिक टन मह उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत स्तुति आचार्यले बताए। रासस
The post १५ हजारको जागिर नपाएका लामिछानेको अहिलेको कमाई सुनेर तपाई तर्सिनु हुनेछ appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2myQCbi
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.