Photo of Milford Sound in New Zealand

नारायणगढ–मुग्लिन सडक : निर्माण कार्य सकिएपछि ३५ मिनटमै पार गर्न सकिने

चितवन, कात्तिक ३० – नारायणगढ–मुग्लिन सडकखण्ड निर्माण सम्पन्न भैसक्दा तीन सय ५० मिटर छोटो हुने भएको छ । सडकखण्डमा बन्ने पुल र सडकमा रहेका केही घुम्ती काँटिदा सडक दूरी घटने छ । नियमित गाडी आवतजावत गर्न पाउँदा निर्माण सुरु गर्नुअघि यो सडकखण्ड पार गर्न ७० मिनेट लाग्ने गरेकोमा निर्माण भैसक्दा ३५ मिनटमा पार गर्न सकिने आयोजनाले बताएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड आयोजनाका इन्जिनियर शिव खनालले सडक मर्मतकै कारण ५० मिटर छोटो हुने बताउँदै सडकखण्डमा बन्ने नयाँ पुलका कारण तीन सय मिटर छोटो हुने जानकारी दिनुभयो र्। सडकको दूरी नै छोटो बनाउने आयोजानको लक्ष होइन’ इन्जिनियर खनालले भन्नुभर्यो सडक पार गर्न लाग्ने समयलाई आधा बनाउने मुख्य उद्देश्य भएकोले ३५ मिनटमा पार गर्न सकिन्छ ।’

कलकत्ता काठमाडौं व्यपारीक करिडोरको रुपमा पुनर्निर्माण भइरहेको सडक आयोजना भएकाले निर्माण सुरु भएका नेपाल भित्रको सडक खण्डको यात्रा कम्तीमा आधा समयमा पार गर्ने मूख्य उद्देश्य रहेको छ । सोही अनुसार मुग्लिन नारायणगढ सडक खण्ड सरदर ७० मिनटमा पार हुँदै आएकोेमा ३५ मिनटमा पार गर्न सक्नेगरी बनाइनुपर्ने उहाँले बताउनुभयो ।

उक्त सडकमा अहिले रहेको बढीमा पाँच मिटर फराकिलो पिचलाई सातदेखि ११ मिटरसम्म फराकिलो पार्न लागिएको हो । नारायणगढदेखि १६ किलोमिटर दूरीसम्म सडक ११ मिटर फराकिलो हुनेछ । त्यसपछि मुग्लिनसम्म सात मिटरको फराकिलो पिच हुने आयोजना कार्यालयले जानकारी दिएको छ ।

सन २०१५ मा गरिएको सर्वेक्षण अनुसार नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक ८ हजार ३ सय १७ गाडी गुड्ने गरेका छन् । कम्तीमा तीन हजार र बढीमा १० हजार सम्म सवारी गुड्ने गरेको तथ्यांक रहेको छ । राजधानीसँग जोड्ने मुख्य यो सडकखण्ड व्यपारीक आवताजावतका हिसाबले पनि मुख्य हो ।

राजधानीलाई जोड्ने वैकल्पिक सडक मार्ग, सुरुङ्ग मार्ग र फाष्ट ट्रयाक नबनुन्जेल सम्ममा यही नारायणगढ मुग्लिन सडक खण्डमै गाडीको चाप बढ्ने छ । अहिले आयोजनाले २० वर्षको भार क्षमतालाई आँकलन गरेर काम गरेको छ । सन २०१७ मा निर्माण सम्पन्न भए सन २०३७ सम्मको अवस्थालाई आँकलन गरिएको छ । त्यस समयसम्म पनि व्यपारीक मार्गको रुपमा वैकल्पिक तयार नभए यो सडक खण्डले भार क्षमता थेग्न नसक्ने प्राविधीकहरु बताउँछन् ।

अहिले एसियन नेटवर्कको रुपमा नेपालको चीन सिमाना कोदारीदेखि पाँचखाल काठमाडौं नौविसे मुग्लिन नारायणगढ हेटौडा विरगंज हुँदै भारतसम्म पुग्नको लागि यो सडक खण्ड महत्वपुर्ण रहेको छ । पूर्व पश्चिम राजमार्ग र तराइलार्ई पृथ्वी राजमार्ग हुँदै राजधानी काठमाडौंसम्म जोड्ने काठमाडौं कलकत्ता व्यापारीक करिडोरको एक महत्वपुर्ण सडकखण्डको रुपमा नारायणगढ मुग्लिन सडक खण्डलाई लिइन्छ ।

२०३६ सालमा चिन सरकारको सहयोगमा गोर्खा नारायणगढ सडकको एक खण्डको रुपमा यो सडक निर्माण भएको थियो । विश्व बैंकको सहयोगमा २ अर्ब ९० करोड रुपैयाँ लागतमा बन्न लागेको यस सडकको ३ वटा खण्डमा ३ फरक निर्माण कम्पनीले सडक सुधारको काम गरिरहेका छन् ।

सडक निर्माणको लागि आगामी फ्रेवुअरी २०, २०१७ सम्मको समयअवधी थप गरिएको छ । अहिले आँपटारीदेखि झण्डै १३ किलोमिटर सडकखण्डमा बिएलए तथा श्रेष्ठ निर्माण कम्पनी, सिमलतालदेखि मुग्लिनसम्ममा सुप्रिम तथा रौताहा निर्माण कम्पनी र बिचको सडकखण्डमा उड हिल तथा लामा निर्माण कम्पनीले काम गरिरहेका छन् । ujyaaloonline

The post नारायणगढ–मुग्लिन सडक ३५ मिनटमै पार गर्न सकिने…. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ALDBxc
via IFTTT

0 comments:

Post a Comment

add

 
Top