Photo of Milford Sound in New Zealand

एजेन्सी। बाटोमा सासुको मृत्यु भएपछि उनको शवलाई घरसम्म लैजाने पैसा नहुँदा एक ज्वाइँले श्रवणकुमारले जस्तै एउटा काठमा एकातिर सासुको लाश बाँधे । सन्तुलन मिलाउनको लागि अर्कोतिर ढुंगा बाँधेर ४० किलोमिटर पैदल हिँडेर शवलाई घर ल्याएका छन् । गरिबीको यो दर्दनाक दृश्य बुधबार भारतको इलाहाबादमा देखिएको हो ।

इलाहाबादको सीमाक्षेत्रमा रहेको रीवाँ जिल्लाका नचकु नामका ती व्यक्ति इलाहाबादमा एक प्रधानकहाँ काम गर्छन् । उनकी पत्नी र सासु सँगै बस्थे । सासुको स्वास्थ्य बिग्रिइरहन्थ्यो । जाँचमा उनलाई क्यान्सर भएको पत्ता लाग्यो । सासु अब धेरै नबाँच्ने थाहा पाएपछि उनलाई गाउँ लैजानको लागि लिएर हिँडेका थिए । तर गाउँका लागि अटोरिक्सा लिएर हिँडेका नचकुकी सासुको अलिकति अगाडि पुग्नेबित्तिकै मृत्यु भयो । उनको मृत्यु भएको थाहा पाएपछि अटोरिक्सावालाले उनीहरुलाई त्यहीँ झारिदिए ।

अटोरिक्सा वालाले झारिदिएपछि उनीहरुलाई गाउँ जान आपत पर्यो । घण्टौं बित्यो तर कुनै गाडी उनीहरुलाई लैजान तयार भएन । जुनसुकै गाडीले १–२ हजार पैसा माग्थे तर उनीहरुसँग पैसा थिएन । कतैबाट कुनै विकल्प नपाएपछि उनले एउटा लामो काठमा दुबै छेउमा तन्ना बाँधे । एउटामा सासुको लाश राखे र अर्कोतिर सन्तुलन बनाउनको लागि ढुंगा राखे । त्यसपछि पत्नीसँग गाउँ जानको लागि पैदल हिँडे ।

करिब ८ घण्टा पैदल हिँडेपछि उनीहरु आफ्नो गाउँ गोंद कटरा नजिकैको बजार शिवराजपुर पुगे । त्यहाँ अन्य मानिसहरुले उनीहरुलाई चिनेका थिए । उनीहरुले सोधेपछि दुवै पतिपत्नीले पूरै कहानी बताए । त्यसपछि त्यहाँका स्थानीयले चन्दा जम्मा गरेर ५ हजार रुपैयाँ ती दुईलाई दिए । त्यही क्रममा जिल्ला मजिष्ट्रेट अर्पित गुप्ता र अर्का अधिकृत अमित मिश्रा त्यही बाटो कतै जाँदै थि । भीड देखेपछि उनीहरु त्यहाँ रोकिए । उनीहरुले तत्काल एम्बुलेन्स बोलाइदिएर पती पत्नीसहित शवलाई गाउँ पठाइदिए । बाँकी खर्चको लागि कार्यालयमा आएर निवेदन दिन भनेको मजिष्ट्रेट गुप्ताले बताएका छन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2mXUNO2
via IFTTT

0 comments:

Post a Comment

add

 
Top