Photo of Milford Sound in New Zealand

काठमाडौं । तिब्बती धर्मगुरु दलाई लामाले भारतको संरक्षणमा बसेर बुद्ध भारतमा जन्मेका हुन् भन्ने भ्रामक अभिब्यक्ति दिएपछि त्यसको चौतर्फी बिरोध भइरहेको छ । यसैबिच नायक राजेश हमालले पनि दलाई लामाको अभिब्यक्ति निकै नै भ्रामक भएको बताएका छन् । नायक हमालले फेसबुक स्टाटस मार्फत् भनेका छन्, ‘तथा कथित सत्य र दयालु भनिने व्यक्तिले दिएको अपिल भ्रामक छ । दलाई लामाल बुद्ध नेपालको होइन भारतको हो भन्नु गलत छ ।’
‘सत्यलाई कसैले पनि नकार्न सक्दैन । राजनीतिक प्रख्यातको लागि यस्ता अभिव्यक्ति दिनु निकै नै गैरजिम्मेवारपना हो उनले भनेका छन् । कहिलेकाँही कोही व्यक्तिलाई मूर्ख बनाउन सकौला तर सबै मानिसलाई सधैं मूर्ख बनाउन सक्दैनौ’भन्दै नाकय हमालले कडा रुपमा आपत्ति प्रकट गरेका छन् ।

तिब्बती धर्मगुरु लामाले भारतमा आयोजित एक समारोहमा बुद्ध नेपाली हो की इण्डियन रु ’ भन्ने प्रश्न गर्दै नेपालीहरुको हाँसो उडाउँदै उनले भने, ‘केहि नेपालीहरुले भन्छन, नेपालको लुम्बिनीमा बुद्ध जन्मेको हो, तर यो कुरा हावा हो । बुद्ध भारतमा जन्मेका हुन् ।

The post भगवान् बुद्ध भारतमा जन्मिएका हुन् भन्ने दलाई लामालाई महानायक राजेश हमालले दिए कडा जवाफ… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hYiSmg
via IFTTT

0 comments:

Post a Comment

add

 
Top