Photo of Milford Sound in New Zealand

एजेन्सी। प्रशान्त महासागरको बीचमा रहेको मार्शल आइल्याण्ड कुनै आश्चर्यभन्दा कम छैन । यहाँ एकै ठाउँमा सयभन्दा बढी हवाइजहाज भेटिएका छन् । यसबाहेक यहाँ आसपासमा निकै आश्चर्यजनक रहस्यहरु भएको दावी गरिन्छ । एकपटक चर्चित स्कुवाडाइभर ब्रण्डी म्युलर यहाँ पानीभित्रको फोटो खिच्न गएकी थिइन् । त्यतिबेला उनले यहाँ निकै आश्चर्यजनक कुरा देखिन् जसलाई विश्वास गर्न निकै मुस्किल थियो ।

म्युलर पानीको निकै गहिराइमा पुगेकी थिइन् । यहाँ उनले कुनै हवाइजहाजको अवशेष भेट्टाइन । उनले नजिकै गएर यसको फोटो खिच्ने साच बनाइन् । तर, जब उनी नजिक पुगिन् वास्तविकता निकै आश्चर्यजनक थियो । यो निकै ठूलो लडाकु विमानको अवशेष थियो । म्युलरले आफ्ना साथीसँग मिलेर यो विकानको फोटो खिच्न थालिन् । उनी यो जहाजका अन्य अवशेषको खाजीमा विस्तारै अगाडि बढ्दै गइन् । उनी जान्न चाहन्थिन् यो विकान कसरी दुर्घटना भयो ?

उनी अगाडि बढ्दै गइन् । उनका अगाडि एकपछि अर्को गर्दै हवाइजहाजका अवशेष आउन थाले । यहाँ जताततै अमेरिकन एयरफोर्सका जहाजहरु डुबेका थिए । यिनीहरुको संख्या सय जति थियो । यो देखेर उनी डराइन् । उनलाई विश्वासै लागेन एकै ठाउँमा यति धेरै विमान कसरी डुबे ? एकैठाउँ यति धेरै विकान देखेपछि म्युलरले सोचिन् एकै ठाउँमा यति धेरै विमान दुर्घटना हुन सक्दैनन् । यिनीहरुको अवशेष हेरेर पनि यिनीहरु कुनै दुर्घटनाका शिकार भएका जस्तो लाग्दैनथ्यो । त्यसपछि म्युलरले यिनीहरुको फोटो खिचेर वास्तविकता जान्ने कोसिस गरिन् ।

म्युलरले यी विमानको फोटो लिएर आइल्याण्डका मानिसहरुसँग यसबारे जान्न चाहिन् । तर उनीहरुले कुनै जानकारी दिन सकेनन् । त्यसपछि उनले अमेरिकी सैनिक मुख्यालयमा सम्पर्क गरिन् । त्यहाँबाट उनले निकै संक्षिप्त जानकारी पाइन् । उनले यी विमान दोस्रो विश्वयुद्धका भएको मात्रै उनले थाहा पाउन सकिन् । विश्वयुद्धमा जापानलाई हराइसकेपछि अमेरिकाले १०० देखि १५० अतिरिक्त विमानलाई समुद्रमा डुबाउने फैसला गरेको थियो । लडाकू विमानसँगै कैयौं कार्गो विकानलाई पनि यहाँ डुबाइएको बताइन्छ । ती विमान राख्ने ठाउँको अभावमा यस्तो गरिएको बताइन्छ ।

The post समुद्रभित्र एकैठाउँमा भेटिए सयौं हवाइजहाज, जान्नुहोस् के भएको थियो यहाँ ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2APYF6I
via IFTTT

0 comments:

Post a Comment

add

 
Top