Photo of Milford Sound in New Zealand

सुर्खेत : पिकनिक खाएर फर्कदै गरेको जीप सल्यानको बनगाड कुपिण्डे नगरपालिका–८ को थाग्लीमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

आज बिहान सुर्खेतबाट कुपिण्डे दहमा पिकनिकमा गएको भे१ज ९२७ जीप फर्कने क्रममा दिउँसो चार बजेतिर दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार आचार्यका अनुसार चालक भेरीगंगा–८ का देवराज कामी र वीरेन्द्रनगर–८ की ३५ वर्षीया धनमाया नेपालीको घटनास्थलमै मृत्यु भएको छ ।

जीपमा सवारमध्ये १७ जना घाइते छन् । उनीहरुको मेहलकुना अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जीप सडकबाट १२० मिटर तल खसेको प्रहरीको भनाइ छ ।

The post फेरी आयो दुख्द खबर: पिकनिक खाएर फर्कदै गरेको जीप पल्टियो : दुईजनाको मृत्यु , १७ जना घाइते appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zY4A8p
via IFTTT

0 comments:

Post a Comment

add

 
Top