Photo of Milford Sound in New Zealand

बारम्बार वीर्य फालेमा के होला ? तपाईँलाई पनि चाँसोको बिषय बनेको छ । स्वास्थ्य अध्ययनले बारम्बार वीर्य फाल्ने पुरुषलाई प्रोटेस्ट क्यान्सरको सम्भावना न्यून हुने भनेको छ । एक अमेरिकी अध्यनले बारम्बार वीर्य फाल्ने पुरुषलाई प्रोटेस्ट क्यान्सरको सम्भावना कम हुने देखाएको हो ।

बारम्बार वीर्य फाल्दा स्वास्थ्यमा असर त गर्ला नी भन्ने विषयमा सर्वत्र बहस चलिरहेकै बेला अनुसन्धानकर्ताले यो निस्कर्ष निकालेका हुन् । यो छोटो र सानोतिनो अध्ययन हो भनि नसोच्नुहोला । यो १८ वर्ष लामो अध्ययन हो । अब त विश्वस्त हुनु भयो होला नी ?

सो अध्ययनमा ३२ हजार पुरुषलाई सहभागी गराइएको थियो । सन् १९८२ देखि २०१० को अवधिमा करिब ४ हजार पुरुषको प्रोस्टेट क्यान्सरको उपचार गरिएको थियो ।

२० वर्ष पुगेका पुरुषलाई महिनामा कम्तिमा पनि २१ पटक वीर्य निस्काशन गर्न लगाईयो भने महिनामा ७ पटक मात्र वीर्य फाल्न पनि केही पुरुषहरुलाई लगाईयो । तर ७ पटक फाल्नेको तुलनामा २१ पटक फाल्ने पुरुषको प्रोस्टेट क्यान्सरको न्यून सम्भावना रहेको पाईएपछि यो अध्ययन सार्वजनिक गरिएको हो ।

४० वर्षको उमेरमा बारम्बार वीर्य फाल्ने मध्ये २२ प्रतिशतलाई सो क्यान्सरको सम्भावना थोरै देखिएको अध्ययनले जनाएको छ ।

अध्ययन टोलीका नेता जेनिफर रिडरले भनेका छन्, “वीर्य निस्काशन गर्ने आवृत्ति धेरै हदसम्म पुरुषको स्वास्थ्यसँग जोडिएको छ । किनकी सबैभन्दा थोरै पटक वीर्य पतन गर्ने (० देखि ३ पटक प्रति महिना) पुरुषमा स्वास्थ्यसम्बन्धी गम्भीर समस्या र विशेष गरी प्रोस्टेट क्यान्सरबाट मर्ने गरेको पाइयो ।”

“वयस्क अवस्थामा सुरक्षित यौन गतिविधि र वीर्य निस्काशनले प्रोटेस्ट क्यान्सरको खतरा घटाउछ”, रिडरले भनेका छन् ।

युरोपियन युरोलोजीमा प्रकाशित सो अध्ययनमा उल्लेख भए अनुसार १५ प्रतिशत नयाँ क्यान्सर हुनुमा प्रोटेस्ट क्यान्सरको मुख्य कारक रहेको छ । जीवन शैलीमा ल्याउने परिवर्तनले यो क्यान्सर घटाउने वैज्ञानिकहरुको भनाई रहेको छ ।

वीर्य निस्काशनको आवृत्ति र क्यान्सरबीचको सम्बन्ध पहिचान गर्न यौन स्वास्थ्य, मेडिकल रेकर्ड तथा ल्याब परीक्षणबारे विभिन्न प्रश्नको जबाफ दिन लगाईएको थियो ।

अध्ययन अनुसार महिनामा तीन पटकसम्म वीर्य फाल्ने पुरुषमध्ये १ सय ९२ लाई सो क्यान्सर भएको पाइएको थियो भने सहभागीमध्ये १ हजार ४२ ले महिनामा ४ देखि ७ पटक वीर्य फाल्ने र १५ सय ९ जनाले ८ देखि १२ दिन फाल्ने बताएका थिए । त्यस्तै ८०७ जनाले १३ देखि २० पटक फाल्ने बताएका थिए । त्यसैले अध्यययनले यो पुष्टि गरेको छ कि बारम्बार वीर्य फाल्ने पुरुषलाई प्रोटेस्ट क्यान्सरको सम्भावना कम हुन्छ ।

The post के तपाइँ हस्तमैथुन गर्नु हुन्छ ? अध्ययनले खुलायो यस्तो फाइदा हुने appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2iprRJl
via IFTTT

0 comments:

Post a Comment

add

 
Top