Photo of Milford Sound in New Zealand

परिवार नै कम्युनिष्ट आन्दोलनमा लागेकाले प्रकाश दाहालको काजकिरिया नगरिने भएको छ । दाहाल परिवार कम्युनिस्ट राजनीतिमा रहेकाले काजकिरिया गर्ने प्रचलन छैन । यहि आधारमा प्रचण्डपुत्र एंव माओवादी केन्द्रका नेता स्व. दाहालको काजकिरिया गर्ने कार्यक्रम नभएको स्व प्रकाश दाहालकाका मामा हेमराज पौडेलले जानकारी दिए ।

काजकिरिया नहुने भएपनि दाहालको सम्झनामा चितवनमा भने एमाले–माओवादी केन्द्रले मंगलबार श्रद्धाञ्जलि सभाको आयोजना गर्ने भएका छ । भरतपुरको केन्द्रीय बसपार्कमा एमाले–माओवादी केन्द्रले मंगलबारका चुनावी सभा गर्ने तय भएकै पूर्वनिर्धारित चुनावी सभालाई श्रद्धाञ्जलि सभामा परिणत गर्ने तयारी छ । श्रद्धाञ्जलि सभालाई एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्नेछन ।

प्रकाश दाहालकी पत्नी सिर्जना बिनासँगै २ छोराहरु सँगै लाजिम्पाटमै बस्ने :

प्रकाश दाहालको असामयीक निधनपछि यतिबेला प्रचण्ड परिवार शोकमा छ । शोकमा डुबेको परिवारका शुभचिन्तकहरुको चाहाना बमोजिम प्रचण्डले प्रकाशदाहालकी जेठी पत्नी सिर्जना दाहाललाई समेत अब लाजिम्पाटमै राख्ने निर्णयले प्रचण्ड र उनकी पत्नी सिता दाहाललाई मन बुझाउने आधार बन्ने बिश्वास छ । प्रकाश दाहालको निधनपछि नर्भिक पुगेकी सिर्जना उनको पार्थिव शरीर देखेर बेहोस भएकी थिइन । नर्भिकमै उपचारपछि उनको होस खुल्यो र उनी अन्त्येष्टीमा सहभागी हुन पशुपति आर्यघाट पुगिन । त्यतिबेलासम्म प्रचण्डले सिर्जनालाई लाजिम्पाट लाने व्यवस्था गरिसकेका थिए । प्रकाश र सिर्जनाको ०६४ माघ ३ गते बिहे भएको थियो । उनीहरुका एक छोरासमेत छन्, प्रसिद्ध । तर, पछि प्रकाशले बिनासँग बिहे गरेपछि सिर्जना पोखरामा बस्दै आएकी थिइन् । तर, उनीहरुको सम्बन्धबिच्छेद भने भएको छैन । अब प्रचण्ड परिवार २ नातीको मुख हेरेर प्रकाश दाहाललाई भुल्ने प्रयास गर्नेछन ।sunaulonepal

The post प्रचण्ड परिवारले गर्यो बोल्ड निर्णय, राजनेता नै बन्ने भए अब प्रचण्ड appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zTrhO8
via IFTTT

0 comments:

Post a Comment

add

 
Top