Photo of Milford Sound in New Zealand

मंसिर २, २०७४-यहाँको सुनकोशी गाउँपालिका-७ स्थित च्यानमको पाथिभरा जंगल नजिकै शनिबार बिहान बम विस्फोट भएको छ । सदरमुकाममा हुने वाम गठबन्धनको कार्यक्रमका लागि आएको गाडीलाई लक्षित गरि बम विस्फोट गरिएको हो ।

वाम गठबन्धनका कार्यकर्ता चढेको गाडी कट्ने वित्तिकै बम विस्फोट भएको प्रहरीले जनाएको छ । बम विस्फोट भएपनि कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक टिका कार्कीले बताए ।

त्यसैगरी शनिबार बिहान नै मोलुङ गाउँपालिका-१ कुन्तादेवी पनि सडकमा बम राखिएको आशंका गरिएको छ । बम जस्तै देखिने उक्त वस्तु सडकमा भेटिएको हो । उक्त वस्तु बम हो या होइन भनेर परीक्षण गरिने र यदि बम भएको खण्डमा डिस्पोज गर्न सेनालाई अनुरोध गरिसकेको प्रहरीले जनाएको छ ।

सर्वसाधारण त्रसित बनाउने गरि विष्फोट गरिएको बम विप्लव माओवादीका कार्यकर्ताहरुले राखेको अनुमान गरिएको छ । तर कोही पनि पक्राउ परेका छैनन् ।kantipur.ekantipur

The post आज फेरी बम विष्फोट हैन के हुँदैछ नेपालमा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zNIpFk
via IFTTT

0 comments:

Post a Comment

add

 
Top