Photo of Milford Sound in New Zealand

दुर्घटनामा छोराको मृत्यु भएपछि परिवारले उनको अन्तिम संस्कार गरेर किरिया पनि बसिसकेका थिए । किरिया बसेको आठौं दिन भइसकेको थियो । किरियापछि हुने कर्मको लागि निम्तालुहरुलाई शोकपत्र पठाइसकिएको थियो । सबै तयारी भइसकेको थियो । यस्तोमा मरेका भनिएका छोरा जिउँदै घर फर्किंदा घरमा भएका मानिसहरुमा भागाभाग भएको छ ।

ती मानिसहरु भूत आएको सम्झेर भागाभाग गरेका थिए । मृतक भनिएका व्यक्तिले आफू जिउँदै भएको विश्वास दिलाउन पनि निकै संघर्ष गर्नुपर्यो । उनले बडो मुस्किलले आफू जिउँदै भएको र मर्ने व्यक्ति कोही अरु नै भएको परिवारलाई सम्झाएका थिए । भारतको छत्तीसगढको हरदीबजारको ढोलपुरमा बस्ने मंगलुराम केवटका छोरा सुन्दर दुर्घटनामा मरेको परिवारले विश्वास गरेका थिए । यहाँ २५ सेप्टेम्बरका दिन कोइला बोकेर हिँडेको ट्रेलर कारलाई ठक्कर दिएर कारसमेत पुलबाट तल नालीमा खसेको थियो ।

घटनामा ट्रेलर चालक सहित दुई जनाको मृत्यु भएको थियो । दुवैको पहिचान खुलेको थिएन । घटनाको ३ दिनपछि मंगलु केही गाउँलेहरुसँग प्रहरी चौकी गए । उनले मृत ट्रेलर चालक आफ्ना छोरा सुन्दर भएको बताए । प्रहरीले प्रक्रिया पूरा गरी शव परिवारलाई दियो । शव घरमा ल्याएपछि परिवारले रितिरिवाजका साथ अन्तिम संस्कार गरेर किरिया बसे । अचानक आठौं दिनमा सुन्दर घर पुग्दा परिवारमा हंगामा मच्चियो । सुन्दर घरबाट बाहिर जाँदा केही साथीहरुसँग ट्रेलरमा बाहिर जान लागेको भनेर गएका थिए । यही कारण परिवारले सुन्दरको मृत्यु भएको विश्वास गरेका थिए । तर सुन्दर केही दिनका लागि बाहिर गएकोले यो अवधिमा परिवारको सम्पर्कमा आएनन् । सुन्दर सम्पर्कमा नआएपछि परिवारले सुन्दर नै मरेको विश्वस गरेका थिए ।एजेन्सी / इताजा खबर डट कम बाट साभार

The post किरिया बसेको ८ औं दिनमा मरेको छोरा जिउँदै फर्किदा भयो भागाभाग appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2iAw1yK
via IFTTT

0 comments:

Post a Comment

add

 
Top