Photo of Milford Sound in New Zealand

विर्तामोड । तपाईलाई पत्यार नहुन सक्छ, एक मान्छेले चितुवालाई कुस्तीमा पराजित नै ग¥यो भन्दा । तर यो कुरा सत्य हो, शिवसताक्षी ५ मा चितुवा पसेको सूचना आएपछि त्यहाँ पुगेका प्रहरी हवल्दार युवराज थापाले कुस्ती खेलेरै ज्यान बचाएका छन् । धानबारीमा स्याल आएको हुनसक्ने अनुमान गरेका प्रहरीको टोली जब घटनास्थल पुगेका थिए । तर त्यहाँ स्याल नभएर चितुवा नै आइलागेपछि भागभाग भएको थियो ।

त्यस चितुवाको आक्रमणमा परिसकेका हवल्दार थापालाई जब चितुवाले घाँटीमा आक्रमण गरेर भुँइमा पछार्यो तब थापाले कुस्ती नै खेल्नुको अर्को विकल्प थिएन र कुस्ती नै खेलिरहे पनि । चितुवालाई भुँइमा पछारे र फेरि भागे ।

भाग्न के लागेका थिए उफ्रेर आएको चितुवाले पुनः आक्रमण गर्यो । केहीबेरको कुस्ती खेलमा पराजित हुँदै चितुवाले भागेर ज्यान बचायो । अन्तत धानबारीमै चितुवा गायब भयो ।

यो कुरा निक्कै उत्साहित हुँदै हवल्दार थापाले अस्पतालबाट सुनाएका हुन् । उनले भने, ‘प्रहरी तालिम लिएको र जुडो खेलले राम्रै काम ग¥यो । मैले कुस्ती खेली खेली उसलाई भगाउन नसकेको भए धेरै जना घाइते हुनुहुन्थ्यो र म पनि मारिन्थे ।’

गत मंसिर ६ गते बेलुका एक्कासी गाँउमा चितुवा देखा परेपछि होहल्ला भएको थियो । चितुवाले एक्कासी गाउँलेहरुलाई आक्रमण गरेसगै स्थानीयले प्रहरीलाई खबर गरे ।

उक्त चितुवाको आक्रमणमा स्थानिय बृद्धसिंह ताजपुरिया शख्त घाइते भएका छन भने गीता खरेललाई समेत आक्रमण गरेको छ । हाल ताजपुरिया र थापाको विर्तामोडस्थित वि एण्ड सि मेडिकल कलेजमा उपचार भइरहेको छ ।

शिवगन्जको भेलामुनी गाउँमा अब कसरी धान काट्ने भन्ने चिन्ता देखिएको छ । गाउँमा आतंक फैलिएको अवस्थामा नेपाल सरकारले केही पनि गर्न सकेको छैन । त्रास फैलिएको छ गाँउमा, सरकार कानमा तेल हालेर बसेको स्थानियहरुको गुनासो छ । news24nepal

The post एक साहसी हवल्दार, जसले चितुवासँग कुस्ती खेलेरै गाउँलेलाई बचाए appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2A61mD3
via IFTTT

0 comments:

Post a Comment

add

 
Top