Photo of Milford Sound in New Zealand

चर्चामा आएको केहि वर्षभित्रै राजधानीबासी हुने कलाकारहरुमा हाँस्यकलारहरु नै बढी छन् । दर्शक हँसाउन माहिर अधिकांस हाँस्यकलाकारले राजधानीमा महल ठड्याईसकेका छन् । प्राय आफ्नो निजि कारमै गुड्ने गरेका छन् । यस्तो सफलताको पछाडि उनीहरुको जीवनसाथीको पनि उत्तिकै हात रहेको हुन्छ । पर्दा पछाडिबाट हरेक पलमा साथ दिईरहेका हाँस्यकलाकारका श्रीमती भने सधैँ ओझेलमा पर्ने गरेका छन् । फर्सीनेटवर्कले आज ओझेलमा रहेका हाँस्यकलाकारका जीवन संगीनीहरुलाई खोज्ने प्रयास गरेको छ ।

मिनु ढकाल गजुरेल

हाँस्यव्यंग्यकार मनोज गजुरेलको कलाले धेरैलाई चकित तुल्याउँछ । उनको जन्म ताप्लेजुङमा भएपनि अहिले भने भक्तपुरको बालकोटबासी भइसकेका छन् । ज्ञानेन्द्र शाह, रामदेव, नरेन्द्र मोदी, माधव कुमार नेपाल लगायतको हाउभाउ र बोली दुरुस्तै नक्कल गर्ने उनकी जीवनसाथी हुन् मिनु ढकाल गजुरेल । मनोज गजुरेलकी श्रीमतती मिनु बागबजारमा बुटिक सञ्चालन गर्छिन् । बुटिकसँगै घरपरिवारको हेरचाह पनि उनैले गर्दै आएकी छिन् । श्रीमतीको बुटिक भएकै कारण मनोज गजरेल सधै श्रीमतीको डिजाईनमा हिड्छन् । यो जोडिको एक छोरा र एक छोरी गरी दुई सन्तान छन् । मनोज गजुरेलका केही कार्यक्रम र प्रेसमिटहरुमा मिनुको उस्थिति रहँदै आएको छ ।

मुना नेपाल

सिन्धुपाल्चोकमा जन्मिएका जितु नेपाल उर्फ मुन्द्रे अहिले जडिबुटी नरेफाँट निवासी हुन् । ‘जिरे खुर्सानी’ टेलीश्रृंखलाले उनलाई अहिलेको उचाईमा पुर्याईदिएको हो । फिल्म र स्टेज कार्यक्रममा पनि उत्तिकै व्यस्त जितु नेपालकी जीवन साथी हुन् मुना नेपाल । मुना काठमाण्डौ महानगरपालिकाकी कर्मचारी हुन् । यो जोडी पनि एक छोरा र एक छोरी गरी दुई सन्तानको अभिभावक हो । मुनाले जागिरसँगै घरपरिवार पनि सम्हाल्दै आएकी छिन् । जितु नेपालका अनुसार छिनमै रिसाउने छिनमै खुसी हुने उनको बानी छ ।

दमयन्ता गुरुङ

नेपाली हाँस्य क्षेत्रमा दमन रुपाखेती पनि एकताका चम्किएका व्यक्ति हुन् । अहिले पनि उनी टेलिश्रृङखलामै सक्रिय छन् । थानकोटका स्थायी बासिन्दा दमनले मेरी बास्सै, झ्याईँकुटी झ्याई, हाक्का हाक्कीलगायत दजर्नौँ टेलिश्रृंखलामा अभिनय गरिसकेका छन् । आफ्नो अभिनय कलाबाट दशक देखि दर्शक हँसाउदै आएका दमनकी जीवन संगीनी हुन् दमयन्ता गुरुङ । नामबाट नै उनीहरुको मित्रता घनिष्ठ लाग्छ । दमयन्ता गृहणी हुन् । यो जोडीको एक सन्तान छ । –

मेनका गिरी

दहचोक २ थानकोटमा जन्मिएका दीपकराज गिरी काठमाण्डौ सिनामंगलबासी भएका छन् । ‘तितो सत्य’ टेलिश्रृंखलाले उनको लोकप्रीयतामा मलजल गर्यो । अहिले चलचित्र निर्माण र अभिनयमा पनि उनले राम्रो सफलता पाएका छन् । दीपकराज गिरीकी जीवनसाथी हुन् मेनका गिरी । दीपकराज गिरीको नाम निर्देशक दिपाश्री निरौलासँग जोडिएर आउँछ । तर मेनका भने ओझेलमा नै छिन् । दुई छोरा र एक छोरीकी आमा मेनका घरगृहस्थीमै व्यस्त रहन्छिन् । निकै सरल स्वभावकी मेनका सार्वजनिक कार्यक्रमहरुमा पनि खासै देखा पर्दिनन् ।

इश्वरी पौडेल

मह जोडीसँगै देखिने राजाराम पौडेल पुराना हाँस्यकलाकार हुन् । उनी काठमाण्डौको नक्साल निवासी हुन् । टेलिश्रृङखलासँगै चलचित्रमा उत्तिकै सक्रिय राजाराम पौडेलकी जीवनसाथी हुन् इश्वरी पौडेल । इश्वरी वन विभागबाट अवकाश प्राप्त कर्मचारी हुन् । यो जोडी दुई छोराको माता पिता हो ।

सिता घिमिरे

मकवानपुरमा जन्मिएका केदार घिमिरे उर्फ माग्नेबुढा अहिले ललितपुर इमाडोल निवासी भइसकेका छन् । तितो सत्य, जिरे खुर्सानीमा अभिनय गरेको भएपनि उनलाई मेरी बास्सैको माग्ने बुढाले लोकप्रिय बनाईदियो । सबैका प्रिय केदार घिमिरेकी जीवनसाथी हुन् सिता घिमिरे । सिता सरल देखिन्छिन् । तर घरगृहस्थीमात्र होईन अहिले कलाकारितामै प्रवेश गरिसकेकी छिन् । हाल उनी टेलिश्रृङखला खासखुसमा सक्रिय छिन् । उनले मेरी बास्सैमा पनि माग्नेकै बुढी भएर अभिनय गरिसकेकी छिन् । अभिनय मात्रै हैन उनी मोटर बाईक र कार चलाउन पनि माहिर छिन् । यो जोडि पनि एक छोरा र एक छोरीको अभिभावक हो ।

लक्ष्मी पौडेल

‘प्वाँक्क मुखाँ हान्नु जस्तो’ थेगोबाट लोकप्रिय बनेका शिवहरी पौडेल कलाकारका साथै सरकारी कर्मचारी पनि हुन् । उनले नेपाल राष्ट्र बैंकमा काम गरेको अनुभव पनि संगालेका छन् । पछिल्लो समय ‘ब्रेकफेल’मा सक्रिय उनकी श्रीमती हुन् जो शिक्षक पेशामा संलग्न छिन् । नैकाप निवासी शिवहरि र लक्ष्मी एक छोरीका अभिभावक हुन् ।

सुनिता मल्ल

हाँस्य कलाकार अर्जुन घिमिरे उर्फ पाँडे अन्तरजातिय विवाह गरेर समाजमा गतिलो उदाहरण बनेका छन् । बाहुनको छोराले नेवारकी छोरीलाई श्रीमती बनाएर भित्र्याउन नेपाली समाजमा त्यति सहज थिएन । तर पनि उनले सुनितालाई श्रीमती बनाई छाडे । विवाह भन्दा अगाडि सुनिता एक ब्युटिसियन थिईन् । तर विवाहपछि भने एक छोरीलाई जन्म दिएर उनी घर सम्हाल्नमै व्यस्त भईन् । अहिले पनि सुनिताले आफूले घर सम्हालेर अर्जुनलाई कलाकारितामा खुला छाडिदिएकी छिन् ।

समिक्षा पोखरेल

संदीप क्षेत्रीले पनि अन्तरजातिय विवाह गरेका हुन् । क्षेत्रीको छोराले बाहुनकी छोरी भित्र्याएर संदीप एक सन्तानका पिता पनि बनिसकेका छन् । संदीपकी श्रमिती समिक्षा पोखरले बैंकिङ क्षेत्रका कार्यरत छिन् । जानकारी अनुसार हाल समिक्षा मेघा बैंकमा कार्यरत छिन् । संदीप भने निरन्तर कलाकारितामै अघि बढेका छन् ।

कान्छी मैयाँ पण्डित

मेरी बास्सैमा दाह्री बाका रुपमा देखिएर लोकप्रियता बटुलेका कलाकार हुन् सुरविर पण्डित । लामो समयदेखि कलाकारीतामा सक्रिय पण्डितले दर्जनौँ सिनेमाहरुमा पनि काम गरेका छन् । बुढानिलकण्ठबासी उनकी जीवनसाथी हुन् कान्छी मैयाँ पण्डित । कान्छी मैयाँ गृहणी हुन् । सुरविर पनि कलाकारीताका साथै खेतिपातीमा व्यस्त रहन्छन् । यो जोडिका तीन छोरी र एक छोरा छन् । –FOR SEE NETWORK

The post चर्चित १० हाँस्य कलाकार, कस्का श्रीमती के गर्छन् ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zZ5jKa
via IFTTT

0 comments:

Post a Comment

add

 
Top