Photo of Milford Sound in New Zealand

काठमाडौं । चर्चित नायिका एवम् राप्रपा(प्रजातान्त्रिक) की महामन्त्री रेखा थापा सिन्धुपाल्चोक पुगेर पार्टी अध्यक्ष पशुपतिशमशेर राणाको लागि भोट मागेपछि स्थानीयवासीहरु आगो भएका छन् ।

थापाले राणाको लागि भोट माँग्नकै लागि सिन्धुपाल्चोकका गाउँगाउँमा डान्स गरेकी थिईन् । उनले राणाको पक्षमा माहोल बनाउनको लागि विभिन्न ठाउँमा नाँचगान गरिएको थियो । तर लोकतान्त्रिक गठबन्धनबाटै उम्मेद्धवार बनेका राणालाई भने रेखाको आक्रमक चुनावी प्रचार त्यति फलदायी भएन् । स्थानीयवासीहरुले उनको नाचलाई त्यति रुचाएनन् । बरु उनीहरुले उल्टै रेखाको बारेमा गलत आलोचना गरे ।

हुन त नायिका थापाले सुरुमा तत्कालिन एमाओवादीबाट राजनीतिक यात्रा सुरु गरेकी थिईन् । तर उनी पछि माओवादी छाडेर राप्रपामा प्रवेश गर्दै आफ्ना फ्यानहरुलाई सप्राईज्ड नै दिईन् । जुन कुरा धेरै कमलाईमात्रै रुचिकर भयो होला । अधिकांश फ्यानहरु उनको उक्त हर्कतबाट वाक्क भए । पछिल्लो समय उनको फ्यान फलोहरु समेत ह्वात्तै घटेका छन् ।

पहिला माओवादी, हुँदै राप्रपा र अहिले राप्रपा प्रजातान्त्रिकमा आएपछि उनीलाई फिकल माईन्डेड नेतृको रुपमा लिन थालिएको छ। राम्रो गर्न भनेर सिन्धुपाल्चोक पुगेकी थापाको चुनावी प्रचारले राणालाई ब्याक फायर गरेपछि उनी अहिले तनाबमा छिन् । सूत्रहरुले जनाए अनुसार नायिका थापा अहिले अप्ठ्यारोमा छिन । हुन त राणाले थापालाई अत्यधिक धेरै विश्वास गरेका छन् । उनलाई अध्यक्ष राणााले यसरी च्याप्नुको कारण के हो ? भन्दै धेरै नेता तथा कार्यकर्ताहर आश्चर्यमा छन् । उनलाई महामन्त्रीमा मनोनित गरिएपछि पार्टीका रियल नेता तथा कार्यकर्ताहरु रुष्ट छन् ।

प्ञ्चायतकालीन राजनीतिदेखि नै सिन्धुपाल्चोकमा आफ्नो पकड जमाउँदै आएका राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणालाई गणतन्त्रपछिका तीन निर्वाचनमा भने पराजय व्यहोर्नुप¥यो । तामाङ समुदायको बाहुल्य रहेको सिन्धुपाल्चोक–२ (यसअघि ३) मा २०३८ सालपछि लगातार २०५६ सालसम्म पाँच पटक चुनाव जितेका राणालाई गणतन्त्रपछिका निर्वाचनमा एक पटक तत्कालीन नेकपा(माओवादी) तथा एक पटक नेकपा (एमाले)का उम्मेदवारले पराजित गर्दा राणा अहिले तिनै दुई दल मिलेर बनेको वाम गठबन्धनविरुद्ध नेपाली काँग्रेसको समर्थनमा चुनावी प्रतिस्पर्धामा छन् ।

यस क्षेत्रका धेरै चुनाव व्यहोरेका नवलपुरका बासिन्दाका अनुसार राणाले केही चमत्कारै गरे भने मात्र जित हुने नत्र वाम गठबन्धन उम्मेदवार हावी हुने बताउँछन् । विसं २०६४ मा भएको पहिलो संविधानसभा चुनावमा माओवादीका दावा तामाङसँग पराजय भोगेका राणा दोस्रो संविधानसभा निर्वाचनमा एमालेका शेरबहादुर तामाङसँग दुई हजार ५०० मतान्तरले पराजित भएका थिए । रिपोर्टर्स नेपाल

The post पशुपतिशमशेर राणाको लागि रेखाले ‘डान्स’ गरेपछि स्थानीयवासीहरु भए आगो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2itppSC
via IFTTT

0 comments:

Post a Comment

add

 
Top