Photo of Milford Sound in New Zealand

काठमाडौं । नेपाली यु-१९ क्रिकेट टिमले नेपाली क्रिकेट इतिहासको सबैभन्दा ठूलो जित हासिल गरेको छ । यु-१९ एसिया कपमा नेपालले भारतलाई १९ रनले हराएको छ । यो जित भारत बिरुद्ध कुनै लेभलमा नेपालले हासिल गरेको पहिलो र एक मात्र जित हो ।

नेपालले दिएको १८६ रनको लक्ष्य पछ्याएको भारत ४८.१ अोभरमा १६६ रनमा अल अाउट भयो । भारतका तनुस कोटियान, मन्दीप सिंह खाता नखोली आउट भए । भारतका लागि सर्वाधिक रन हिमान्सु रानाले ४६ रन बनाए । उनी सहाव आलमको बलमा क्याच आउट भए । त्यस्तै मन्जोत कलराले ३५, अभिषेक शर्मा २७, अर्थव ताइदे १३, अनुज रावतले १८ रन बनाए । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृट प्रदर्शन गरे । दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिनुका साथै ८८ रन बनाए । नेपालका लागि सर्वाधिक दीपेन्द्र ऐरीले ४ विकेट, पवन सर्राफले २, सहाव आलम २, कमलसिंह ऐरी, सन्दिप लामिछानेले १/१ विकेट लिए ।

यसअघि नेपालले भारतसामु १८६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान दिपेन्द्र सिंह एेरीको शानदार अर्धशतकको मद्धतले निर्धारित ५० अोभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो । एेरीले १०१ बलमा ८८ रन बनाएर अाउट भए । दिपेन्द्रले जितेन्द्र सिहसँग तेस्रो विकेटको लागि ४९ तथा रोहित पौडेलसँग चौथो विकेटको लागि २८ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए । नेपालले अोपनर असिफ शेखलाई ३ रनमा गुमाएको थियोे ।

असिफ र जितेन्द्रले पहिलो विकेटको लागि मात्र १२ रनको साझेदारी गर्न सके । नेपालको स्कोर २८ रन हुदाँ अनिल कुमार शाहको रुपमा नेपालले दोस्रो विकेट गुमायो । १२ बल खेलेका अनिलले मात्र ६ रन बनाउन सके । जितेन्द्र सिंह ३६ रनमा अभिषेक शर्माको बलमा कट एन्ड बोल्ड भए । त्यस्तै रोहित कुमार पौडेल ६ रनमा विकेट किपरको हातबाट क्याच अाउन हुन पुगे । अन्य खेलाडीहरुमा भिम सार्कीले १५ पवन शर्राफले १ कमले सिंह एेरिले ५ रन बनाए । किशोर महतो र शन्दिप लामिछानेले नट अाउट क्रमश: ७ र ९ रन बनाए ।

The post यु-१९ एसिया कप: भारत बिरुद्ध नेपालको एेतिहासिको जित appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AAGuBP
via IFTTT

0 comments:

Post a Comment

add

 
Top