Photo of Milford Sound in New Zealand

कार्तिक ३०, बेइजिङ। चीनले सन २०११ मा प्रक्षेपण गरेको ‘स्पेश स्टेशन तियानगोंग–१’ सन २०१६ देखि नियन्त्रण बाहिर गएको डेलीमेल लगायतका अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन।एक बर्षदेखि नियन्त्रणबाहिर पुगेको ८.५ टनको ‘स्पेस स्टेशन तियानगोंग–१’ आगामी वर्षको जनवरीदेखि मार्च महिनासम्ममा पृथ्वीमा आएर ठोक्किने ‘युरोपियन स्पेस एजेन्सी’ (इसिए)का वैज्ञानिकहरुले अनुमान गरेका छन।

इसिएका वैज्ञानिकहरुले हराइरहेको उक्त ‘स्पेस स्टेशन’ पृथ्वीको गुरुत्वाकर्षणभित्र प्रवेश गरेपछि आगोको ज्वालासहित चीन, भारत र नेपालका भागमा ठोक्किन सक्ने बताएका छन।सन २०१८ को जनुअरी देखि मार्चसम्म पृथ्वीमा अनियन्त्रित रुपमा प्रवेश गर्ने अनुमान गरिएको छ।

वैज्ञानिकहरुले अहिलेदेखि नै सबै वैज्ञानिकहरुलाई उक्त ‘स्पेस स्टेशन’ पृथ्वीमा फर्कन समयको निरीक्षण गर्न चेतावनी दिएका छन् ।चीनले सन् २०१२ सेप्टेम्बर २९ मा सबैभन्दा ठूलो मानिएको चीनको पहिलो ‘स्पेस स्टेशन तियानगोंग–१’ चीनको ‘अर्थ स्टेशन’बाट प्रक्षेपण गरेको थियो ।

तर, सन् २०१६ को सेप्टेम्बर महिनादेखि उक्त स्टेशन पृथ्वीबाट ३०० किलोमिटरमाथी अन्तरिक्षको कक्षमा नियन्त्रणबाहिर गएर हराएको चिनियाँ वैज्ञानिकहरुले पुष्टि गरेका थिए ।युरोपियन स्पेस एजेन्सी’का प्रमुख होल्गेर क्रगले उक्त ‘स्पेस स्टेशन’ हराएको कक्षबाट पृथ्वीतिर फर्किदा उत्तरी ध्रुब ४३ डिग्री वा दक्षिण ध्रुब ४३ डिग्री कोणमा ठोक्किने अनुमान गरेको बताए ।

उनले उक्त ‘स्टेशन’ पृथ्वीमा फर्किने निश्चित रहेको तर त्यसको समय चैं अध्ययनका आधारमा अनुमान गरेको बताए ।इसिएका वैज्ञानिकहरुले आगामी वर्षको फेब्रुअरी महिनामा खगोलविदहरुसंग ‘तियानगोंग–१’ले पृथ्वीका पुन प्रवेश गर्ने र त्यसलाई कसरि निरीक्षण गर्ने भन्ने विषयमा अन्तर्राष्ट्रिय गोष्ठि गर्ने उल्लेख गरेको छ । nayabato

The post चिनको भु-उप ग्रह नेपालमा खस्दै, चिनियाँ विज्ञले भने -‘यो स्थानमा ठोक्किदैछ’ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ikF2fg
via IFTTT
16 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top