Photo of Milford Sound in New Zealand

काठमाडौं । बुधबार साँझ कमलपोखरी स्थित हेरिटेज प्लाजा रेष्टुरेन्ट आसपास गोली चलेको आवाज आयो । सुचना पाउनासाथ महानगरी प्रहरी बृत्त कमलपोखरीका डिएसपी कुलदीप चन्दको टोली ‘फलोअफ’ निस्कीयो ।

केहीसमयमा ५१ राउन्ड गोली सहित दुई भारतीय ‘सुटर’ पक्राउ परे । पक्राउ परेका भारत पञ्जावको लुधियाना घर भएका जसवन्त सिंह र देवेन्द्र सिंह ठूलै ‘आपराधिक घटना घटाउने उद्देश्यले नेपाल आएको समेत रहस्य खुल्यो ।

कमलपोखरी स्थित हेरिटेज प्लाजा रेष्टुरेन्टमा बसेका उनीहरुले होटल मालिकलाई भनेर यौन सम्पर्कका लागि दुई युवतीसमेत मगाएको खुलासा भयो । युवती नआउन्जेलसम्म उनीहरु मदिरा पिउँदै थिए । तर, युवती आएपछि भने आफूहरुलाई नचाहिने बताएपछि विवाद शुरु भयो । होटल सञ्चालकसँगको विवादपछि उनीहरुले आफूसँग भएको पेस्तोल तेस्र्याए र, ‘ट्रिगर’ दबाए । बन्दुक पढ्केको आवाजले कमलपोखरी क्षेत्रमा सन्त्रास फैलियो । गोली हान्ने दुई भारतीय भाग्दै गर्दा डिएसपी चन्दको नेतृत्वको टोलीले कमलादीको गणेश मन्दिरबाट पक्राउ गर्न सफल भयो ।

उनीहरुबाट चन्द नेतृत्वको टोलीले तीन म्यागेजिनमा लोड गरिएको ५१ राउन्ड गोली र दुई अटोमेटिक पेस्तोल सहित दुई सुटर पक्राउ परेपछि खबर सनसनी बनेको थियो ।

वैतडीमा जन्मिएर प्रहरी सेवामा सक्रिय चन्द केही महिना अघि मात्रै कमलपोखरी वृतमा आएका थिए ।

The post गोली चलेको केही घण्टामै भारतीय सुटर पक्राउ गर्ने प्रहरी डिएसपी को हुन् ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zYl7cw
via IFTTT

0 comments:

Post a Comment

add

 
Top