Photo of Milford Sound in New Zealand

मुम्बइ। बलिउड अभिनेत्री सनी लियोनीले हालै एक अन्तरवार्तामा निकै गम्भीर खुलासा गरेकी छिन् । अन्तरवार्तामा उनले बलिउडमा आफूले भोगेका अनुभवहरु बाँडेकी छिन् ।

आउँदै गरेको फिल्म पद्मावतीका विषयमा विवाद निकै बढेपछि सनीलाई यही बारेमा प्रश्न सोधिएको थियो । जवाफमा सनीले यस्ता धम्कीहरु आफूलाई दिनहुँ आउने गरेको खुलासा गरेकी छिन् । पद्मावती फिल्मका निर्देशक संजय लीला भंसाली र नायिक दिपिका पादुकोणलाई ज्यान मार्ने धम्की आएको विषयमा कुरा गर्दै सनीले आफूलाई दिनदिनै ज्यान मार्ने धम्की आउने गरेको खुलाएकी हुन् ।

अन्तरवार्तामा उनले भनिन् ‘मैले मेरो पछिल्लो २ दिनका म्यासेज तपाइँलाई देखाएँ भने तपाइँ चकित पर्नुहुन्छ । मलाई दिनदिनै यस्ता धम्की आउँछन् । विगत ६ वर्षदेखि मैले यो सबै भोगिरहेकी छु ।

मलाई दिनदिनै विचित्रका धम्कीहरु आउँछन् । तर यो सबैले मलाई फरक पर्दैन । म खुसी छु र बलिउठमा काम गरिरहेकी छु ।’ सनीले यस्ता धम्की दिनेहरुलाई सुरुमा वास्तै नगर्न सुझाव दिइन् । तर धम्कीको सिलसिला अति नै बढी भयो र नियन्त्रणभन्दा बाहिर गयो भने प्रहरीमा उजुरी गर्न उनले सुझाव दिइन् ।

सनीले भनिन् ‘सबैभन्दा डरलाग्दो कुरा त के भने एक जना जो राजनीतिज्ञ वा धार्मिक संगठनको नेता हुन्छ उसले तपाइँलाई धम्की दिन्छ । तर उसले तपाइँलाई केही गर्दैन ।

उसको पछाडि घुम्ने कार्यकर्ता वा भक्तहरु गुण्डागर्दीमा उत्रिन्छन् । ती कार्यकर्ता वा भक्तहरुले तपाइँमाथि आक्रमण पनि गर्न सक्छन् तर धम्की दिने वा आक्रमण गर्छु भन्ने व्यक्तिले केही गर्दैन ।’ सनीका अनुसार पद्मावती फिल्मको विषयमा भने सेन्सर बोर्डले रिलिजको जिम्मेवारी लिनुपर्छ ।

The post सनी लियोनी आफैले गरिन सनसनीपूर्ण खुलासा ‘जसले भन्छ त्यसले गर्दैन अर्कोले गर्छ’ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zPZX41
via IFTTT

0 comments:

Post a Comment

add

 
Top