Photo of Milford Sound in New Zealand

यी मादले दृष्टि विहीन छन् । उनले आँखा देख्न छोडेको २५ बर्ष भयो । तर मादल बजाएरै ६ जनाको परिवार पालिरहेका छन् उनी ।

– हरि बहादुर नगरकोटी हो उनको नाम । यिनको बास स्थान ललितपुर जिल्लाको गोदावारीमा छ । उनको पेशा नै सडक छेउमा बसेर मादल बजाउने भएको छ । मादलको धुन सुनेर मनकारी मान्छेहरुले दिने दान नै उनको तलव र भत्ता हो ।

– अफिस आउने जस्तैगरी उनी सखारै गोदावारीवाट सुन्धारा आउँछन् । हरि बहादुरलाई सुन्धाराले मोहनी नै लगाएको छ । मानिसहरुको बढी नै घुञ्चोमुञ्चो हुने भएकाले हुन सक्छ, उनी सुन्धारा कै आसपास क्षेत्रमा बढी बस्छन् ।

– ३७ बर्षे हरिबहादुरले १२ वर्षको कलिलो उमेरमा आँखाको ज्योती गुमाएका थिए । एउटा भयानक दुर्घटनाले उनको आँखाको रोसनी खोसेको थियो । घरको आर्थिक स्थिति कमजोर भएकाले उनकोे आँँखाको उपचार हुन सकेन् । आँखाको ज्योती गुमाए पछि उनी दृष्टि विहीन बने सधैंकालागी । एउटा हिसावमा उनको जीवन सदाको लागि अन्धकारमय भयोे । ज्योती गुमाएपछि अनेक किसिमका समस्या आउने नै भए ।

भिडियो हेर्नुहोला :

आँखा नदेख्ने भएपछि हरिले सोचे केही काम नगरी खान मिल्दैन । त्यसपछि उनलाई मादल बजाउन सिक्ने रहर पलायो । र, सुरु गरे मादल ठोक्न । सोचे जस्तै पनि हुन थाल्यो । यही मादलको बलमा उनले विवाह गरे, छोराछोरी हुन थाले । र, बन्यो उनको आफ्नै पूर्ण परिवार । हरि अहिले ३ छोरा र १ छोरी गरि ४ सन्तानका पिता हुन् ।

१९ बर्षकोे उमेरमा विवाह भए पछि आफ्नो परिवार पाल्न हरि विगत दुई दशकदेखि उपत्यकाको विभिन्न स्थानमा मादल बजाउदै आएका छन् । हरिको श्रीमति पनि हरि जस्तै दृष्टिविहीन छिन् । तर उनले पढेकी छन् । श्रीमतीले स्नातक सम्मको अध्ययन गरेर पनि जागिर नै नभेट्दा उनलाई खल्लो बनाउँछ । उनलाई अर्को खल्लो वनाउने कुरो भनेको ४ सन्तान मध्ये २ छोरा र १ छोरी बिद्यलाय जान्छन । तर, १ छोरालाई भने विद्यालय पठाउन घरको आर्थिक अवस्थाले पुग्दैन ।

सरकारले कक्षा १२ सम्म निशुल्क शिक्षा भनेर घोषणा गरे पनि त्यो विपन्नहरुका सवालमा अब्यवहारिक रहेको हरिको निश्कर्ष छ । दुई छाक खानाको ब्यवस्था गर्नु पर्ने त छँदैछ, सँग–सँगै ड्रेस, किताव र अन्य साधारण खर्चले सधैं तनाव हुने उनी अनुभव सुनाउँछन् । तर, जति भएको छ, त्यो सरकारले होइन । उनी भन्छन् ‘मलाई जनताले पालेका छन् ।’

सडकमा उनले मादल बजाएको सुन्ने दयालु मान्छेहरुले उनलाई ५– १० देखि १०० रुपैया सम्मकोे सहयोग गर्ने गरेका छन् । यसैगरेर हरिले दैैनिक ७ सय रुपैयासम्म सहयोग पाउने गरेका छन् ।

यिनले मादल बजाउन थालेको हिसाव गर्ने हो भने पेन्सन पाकिसक्यो । अर्थात दुई दशक कट्यो । निरन्तर खरीमा हत्केला वजार्दा वजार्दै कहिले दुई दशक सकियो ? पत्तै भएन । तर यिनलाई यस कुरामा रत्तिभर फिक्रि छैन ।

एक पटक देखेको हराभरा संसार सधैंकालागी कालो भएको घटना संझेर ल्याउँदा भने उनलाई असाध्यै दुख लाग्छ ।

The post मादल बजाएरै ६ जनाको परिवार पाल्ने यी दृष्टिविहीन भन्छन्, मलाई जनताले पालेका छन् (भिडियो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BgllNs
via IFTTT

0 comments:

Post a Comment

add

 
Top