Photo of Milford Sound in New Zealand

मन्दिरबाहिर बसेर भिख माग्ने एक भिखारी महिलाले सोही मन्दिरलाई ४ लाख रुपैयाँ दान दिएपछि अहिले ती महिला निकै चर्चामा छिन् । ८५ वर्षकी बृद्ध ती महिलाले यति ठूलो रकम दान दिएपछि अहिले यही सेलिब्रेटीजस्तै बनेकी छिन् । सीतालक्ष्मी नामकी ती महिलाले आफूले जीवनभर जम्मा गरेको रकम मन्दिरका लागि दान दिएको बताएकी छिन् ।

काम गर्न सक्दासम्म विभिन्न घरहरुमा घरेलु कामदारको रुपमा काम गर्ने ती महिला वृद्ध भइ काम गर्न नसक्ने भएपछि दक्षिण भारतको कर्णटका राज्यको मैसुरस्थित प्रसन्ना अन्जनेया स्वामी मन्दिर अगाडि भिख मागेर गुजारा गर्न थालेकी थिइन् । यो मन्दिरसँग आफ्नो अनौठो लगाव भएको उनी बताउँछिन् । यसै वर्ष सीतालक्ष्मीले यो मन्दिरमा गणेश उत्सवमा ३ण् हजार रुपैयाँ दानमा दिएकी थिइन् । केही दिनअघि फेरि उनी मन्दिरको ट्रस्टका अध्यक्षसँग बैंकमा गइन् र २ लाख रुपैयाँ निकालेर दानस्वरुप मद्यिनरलाई दिइन् । उनले यसअघि पनि २० हजार रुपैयाँ मन्दिरलाई दान दिइसकेकी छिन् ।

सीतालक्ष्मीले अहिलेसम्म जम्माजम्मी २ लाख ५० हजार भारु (४ लाख नेपाली रुपैयाँ) मन्दिरलाई दान दिइसकेकी छिन् । उनले यो दान मन्दिरमा आउने दर्शनार्थीलाई दिइने सुविधामा सुधार गर्न र हनुमान जयन्तिमा यहाँ आउने भक्तजनलाई प्रसाद वितरण गर्नको लागि भनेर दिएकी हुन् । सीतालक्ष्मीको दानको खबर बाहिरिएसँगै उनी निकै लोकप्रिय भएकी छिन् । मन्दिरका अन्य व्यक्तिहरुका अनुसार पहिले पनि उनी भिख माग्नको लागि कसैको पछि पर्दिनथिन् । उनी निकै शान्त बस्थिन् र कसैले स्वेच्छाले दिएको दान मात्र स्वीकार गर्थिन् । उनी आफैं माग्दिनथिन् । अब श्रद्धालुले उनलाई पहिलेभन्दा धेरै रकम दानस्वरुप दिइ उनको आशीर्वाद लिन थालेका छन् । सीतालक्ष्मीले आफ्नो लागि मन्दिर नै सबथोक भएको भन्दै पैसा आफूसँग रहेको भए बेकारमै रहने वा चोरी हुनेमा मन्दिरलाई दिएर त्यो पैसाको सदुपयोग भएको बताइन् ।

The post सेलिब्रेटी बनिन् भिखारी महिला जसले मन्दिरलाई ४ लाख रुपैयाँ दान दिइन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2A9zBHV
via IFTTT

0 comments:

Post a Comment

add

 
Top