Photo of Milford Sound in New Zealand

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको झण्डा ओढाएर आइतबार बिहानपख निधन भएका छोरा प्रकाशलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्यसमेत प्रकाश दाहाल ‘साकार’लाई पार्टीको झण्डा ओढाएर प्रचण्डले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

प्रकाशको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ । आँखाभरी आँशु लिएका प्रचण्डले छोरा प्रकाशको पार्थिव शरीरमाथि पार्टीको झण्डा ओढाएका थिए ।

२०५७ देखि नै नेकपा माओवादीमा पूर्णकालिन भएर सचिवालयमा काम गरेका प्रकाशको ३६ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो । प्रचण्ड दुईपटक प्रधानमन्त्री हुँदा पनि प्रकाशले नै सचिवालयको जिम्मा निर्वाह गरेको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

“युद्धकालको दिनमा समेत कहिले पनि बिचलित नभई काम गर्नुभयो,” भुसालले भनिन्, “यसले हाम्रो पार्टी र आन्दोलनमा क्षति पुगेको छ । प्रकाशका २ श्रीमति र २ छोरा छन् ।”

प्रकाशको पार्थिव शरीरमा माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा, वर्षमान पुन, कांग्रेस नेता एवम् शिक्षा मन्त्री गोपालमान श्रेष्ठ लगायतका नेताहरुले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

The post ६ तस्विरमा हेर्नुहोस् छोराको निधनमा बगेका प्रचण्डका आँसु appeared first on Taja nepali news.

http://ift.tt/2hBLsWH

from SHYANE http://ift.tt/2AdB5nm
via IFTTT
19 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top