Photo of Milford Sound in New Zealand

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पत्नी सीता चितवनको चुनावीसभामा सहभागी भएका छन् । संयुक्त वाम गठबन्धनले आयोजना गरेको चुनावीसभामा सहभागी हुन पुत्रवियोगमा रहेका दाहाल दम्पती आज चितवन आइपुगेका हुन् ।

चितवन ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका प्रचण्डसँग राप्रपा प्रजातन्त्रिकका विक्रम पाण्डे प्रतिस्पर्धा गर्दैछन्। उनीहरुका दिवंगत छोरा प्रकाशकी पत्नी बिना मगर पनि सँगै आएकी छन्। चितवनको बसपार्कमा भएको चुनावीसभामा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले सम्बोधन गरिरहेका छन् ।

हृदयाघातका कारण गत आइतबार दाहालका पुत्र प्रकाशको निधन भएको थियो। मञ्चमा रहेका दाहाल दम्पती निकै भावुक अवस्थामा देखिएका छन्।
सभालाई माओवादी अध्यक्ष प्रचण्डले भने सम्बोधन नगर्ने उनको निजी सचिवालयले जनाएको छ । सभामा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको छ।

The post भरतपुर कार्यक्रममा प्रचण्ड र सिता स्टेजमै यसरी भक्कानिएर रोएपछि… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2iAqcS8
via IFTTT

0 comments:

Post a Comment

add

 
Top