Photo of Milford Sound in New Zealand

हामीले खासै चिन्दैनौ मिलनलाई .यतिबेला उनको ‘ह्वाइट बटरफ्लाई’ (सेतो पुतली) अभियानका निम्ति संसारभरिका ठूलो सिर्जनशिल घेराले चिन्दै आएको छ। बेल्जियमको ब्रसेल्समा आक्रमण हुँदा त्यहाँ शान्तिको आह्वानमा सेता पुतलीहरू प्रयोग भएका थिए। त्यतिबेला ब्रसेल्सस्थित स्टक एक्सचेन्ज भवनको भित्तामा मिलन राईकै सिर्जनाका पुतली उडाइएको थियो। ‘गार्डियन’ लगायत युरोपका महत्वपूर्ण अखबारहरूले त्यससम्बन्धी समाचार पहिलो पृष्ठमै प्रकाशित गरेका थिए। इन्स्टाग्राममा ‘ब्रसेल्स अट्याक’ भनेर खोजियो भने मिलन राईका पुतली प्रयोग भएका तस्बिर फेला पर्छन्।

‘बेल्जियम मात्र होइन,’ मिलन भन्छन्, ‘संसारका ४० वटा मुलुकका बेग्लाबेग्लै भावनामा मेरा पुतली प्रयोग भइसकेका छन्।’अफ्रिकाका नामै नसुनिएका मुलुकमा समेत उनको पुतली प्रयोग भइरहेका छन्। आफू कहिल्यै नपुगेका ठाउँमा आफ्नो सिर्जना यसरी पुगिरहेको र अझ बढी त्यसले त्यहाँको सामाजिक अभियानमा काम गरिरहेको देख्दा मिलन दंग पर्छन्। युरोपतिरबाट समेत उनको कामको प्रशंसा आउन सुरु भयो। उनीहरूले मिलनसँग पुतली माग्न थाले। स्कटल्यान्डबाट मागे, बेलायतबाट मागे त्यसपछि त जर्मनीबाट मिलनलाई निम्ता नै आयो। युरोपका धेरै मुलुकमा पटकपटक बोलाए। उनले ती ती स्थानमा गएर पुतलीको उडान भरिदिए। त्यसपछि अमेरिकाबाट पनि बोलाए।‘हार्वर्ड विश्वविद्यालयका विद्यार्थीहरूसँग अन्तक्र्रिया र उनीहरूलाई लेक्चर दिन मलाई बोलाइएको थियो। उनको पढाई मात्र सात पास हो कसरी उनि बिश्व चर्चित हेर्नुहोस उनि सम्बन्धि बनेको रिपोर्ट osnepal

The post सेतो पुतली मार्फत बिश्व चर्चित छन् नेपाली युवा मिलन राई तर चिन्दैन नेपालले(भिडियो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yCfbd0
via IFTTT
06 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top