Photo of Milford Sound in New Zealand

गोरखा : नयाँ शक्ति पार्टी नेपालका नेता एवम् तामाङ गुठी समाज पालुङटारका अध्यक्ष शेरबहादुर तामाङ बाम गठबन्धनमा प्रवेश गरेका छन् । पालुङटार नगरपालिका ५ बगरमा हिजो साँझ आयोजित चुनावी सभामा पालुङटारका प्रभावशाली नेता तामाङ बाम गठबन्धनमा प्रवेश गरेका हुन् ।

डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी अब बिसर्जनको दिशामा गएकोले नयाँ शक्तिमा रहनु कुनै अर्थ नहुने भएकोले पार्टी परित्याग गरेको तामाङले बताए ।

भट्टराई व्यक्तिवादी सोच र ढुलमुले प्रबृत्तिको व्यक्ति भएको तामाङले आरोप लगाए । पालुङटार क्षेत्रमा राम्रो प्रभाव बनाएका तामाङले व्यक्तिलाई भोट नदिन आग्रह गर्दै बामपंथीहरुको साझा उम्मेदवार, निष्ठावान, राष्ट्रवादी नेता नारायणकाजी श्रेष्ठलाई गोलाकार भित्रको हसिया हथौड़ामा मतदान गरि बिजयी गराउन अपिल गरे ।

भट्टराई ले कम्युनिष्ट बिचारधारा छाडेर काग्रेससँग आत्मसमर्पण गरेको बताउदै तामाङले आफू सधै बामपंथी भएको र अहिले फेरि बामपंथी एकताको अभियानमा जोडिएको प्रष्ट पारे ।

व्यक्तिगत स्वार्थ हेर्ने, राष्ट्रको हित नहेर्ने भट्टराई को आचरण भएको बताउदै श्रेष्ठले गोरखाको विकास भट्टराई गरेको नभई तत्कालीन एकीकृत नेकपा माओवादी ले गरेको प्रष्ट पारे ।

पार्टी प्रवेश गर्नु भएका अधिकारीलाई नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर दुईको प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ (प्रकाश) ले अबिरमाला लगाएर स्वागत गरेका थिए ।

The post चुनावको मुखैमा बाबुरामलाई रोपियो छुरी ! बाबुराम छटपटाउदै appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2A8yKas
via IFTTT

0 comments:

Post a Comment

add

 
Top