Photo of Milford Sound in New Zealand

एजेन्सी । लामो समयदेखि प्रेम सम्बन्धमा रहेको चर्चित जोडी नायिका अनुष्का शर्मा र क्रिकेटर बिराट कोहलीले अन्तत बिवाह गर्ने पक्का भएको छ । लामो समयदेखि प्रेममा रहेका बिराट र अनुष्काको बिहेको खबरले यति बेला भारतीय संचारमाध्यम रंगीएका छन् । भारतीय संचारमाध्यम अनुसार विराटको दिल्ली घर र अनुष्काको मुम्बई निवासमा विवाहको लागि तयारी सुरु भइसकेको छ ।

बिवाहको तयारी गरिरहेको यो जोडीको खबर मिडियामा भाइरल बनिरहँदा फैशन डिजाइनर सब्यासाची उनको टोलीसँग अनुष्काको घरमा गएर उनीहरुको बिहेको पोशाक समेत बनाउने तयारी गरिरहेको बुझिएको छ ।

केही दिन अघि बिराटले डिसेम्बर महिनामा ब्रेक माग्नुका साथसाथै अनुष्काले पनि शाहरुखको नयाँ चलचित्रको लागि थप्प समय मागेको र अब उक्त समय आएको बताइएको छ । विवाह पश्चात् उनीहरू मुम्बईको वोर्ल्ली इलाकामा सीफ्ट हुने छन् । उक्त इलाकामा उनीहरूले ३४ करोडको फ्लट किनेको भारतीय टेलिभिजन आजतकको अनलाइन संस्करणले लेखेको छ ।

The post बिहेको अन्तिम तयारीमा क्रिकेटर बिराट र नायिका अनुष्का appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zffo1R
via IFTTT

0 comments:

Post a Comment

add

 
Top