Photo of Milford Sound in New Zealand

तपाईंको हातमा अचानक ५० करोड रुपैयाँ पर्‍यो भने त्यसलाई सम्पत्ति वा उद्योग–व्यापारमा लगानी नगरी एक वर्षभित्रै खर्च गर्न सक्नुहुन्छ ? एउटा यस्तै घटना अस्ट्रेलियामा घटेको छ । मलेसियाबाट अध्ययनका लागि अस्ट्रेलिया पुगेकी क्रिस्टिन जियासिन लीको स्थानीय वेस्ट प्याक बैंकमा रहेको खातामा अचानक ५० करोड रुपैयाँ देखिएपछि ती युवतीले उक्त रकम ११ महिनाभित्रै खर्च गरेर सिध्याइन् ।

त्यसको केही समयपछि बैंकलाई आफ्नो गल्ती थाहा भयो । त्यसपछि बैंकले ती युवतीसँग उक्त रकम फिर्ता माग्यो तर युवतीले उक्त रकम आफूले खर्च गरिसकेको तथा फिर्ता गर्न नसक्ने बताएपछि बैंक अदालत पुगेको थियो । लगभग ६ महिनापछि सिड्नीस्थित डाउनिङ सेन्टर कोर्टले क्रिस्टिनलाई निर्दोष ठहर गरेको छ । समाचारअनुसार क्रिस्टिनले उक्त रकम महँगा पहिरन, ज्वेलरी, डिनाइनर ब्याग, जुत्ताजस्ता सामान खरिद गर्न खर्च गरेकी थिइन् ।

The post आफ्नो खातामा अचानक ५० करोड रुपैयाँ आए पछी .. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2mX979g
via IFTTT

0 comments:

Post a Comment

add

 
Top