Photo of Milford Sound in New Zealand

काठमाडौं । नेपाल आईडलको टप ४ बाट बाहिरिएका र नेपालिहरुको मन जित्न सफल भर्सटाईल गायक सागर आले कोरिया जादै गर्दा त्रिभुवन अन्तरास्ट्रिय बिमान स्थलमा भेटियो,

उतिनै खेर बिब्बिध बिषयमा कुराकानी गर्दै कोरियामा सांगीतिक कार्यक्रममा जान लागेको र जसको लागि कोरियामा रहेको सबै नेपालि हरुले सहयोग गरेकोमा धन्यबाद दिनु हुदै अक्टोबर ३ र ५ मा सियोलमा हुने सांगीतिक कार्यक्रममा सबै उपस्थित भै सहयोग गर्न यसरी अपिल र अनुरोध गर्नु भएको छ अरु भिडियोबाट !

कोरिया भ्रमणको बारेमा
आपतकालिन राहत कोष स्थापनार्थ यहि अक्टोबर ३ तारिखमा कोरिया स्थित बुसानको मिन्जु खोङवनको हलमा हुन लागेको ‘दिपावली साँझ’ कार्यक्रमको लागि कलाकारहरु अर्क्टोबर 1 तारिक कोरिया जादैछन।नेपाल आइडलका प्रतियोगी सागर आलेका साथमा चर्चित गायिका मेलिना राई,मोडल तथा नायिका एलिसा राई,गायक ताराप्रसाद लिम्बू,राजेश पूमा राई, बबिना किराती,एकदेव लिम्बूलगायतको प्रस्तुति रहने भएको छ।
उक्त वृहद सांगीतिक कार्यक्रममा सहभागी हुनको लागि बुसानका विभिन्न ठाउँहरुबाट निशुल्क बसको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ।

यहि अक्टोबर ३ तारिख बुसानको मिन्जु खोङवनको हलमा हुन लागेको ‘दिपावली साँझ’ कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । उक्त कार्यक्रमको लागि नेपालबाट आउने सबै कलाकारहरुको भिसा लागिसकेको कार्यक्रम आयोजक तथा नेपाल आदिवासी जनजाती महासंघ क्षेत्रिय समिति बुसानका सचिब दोस्तीहाङ राईले बताए ।
कोरियाको महान पर्व छुसकको अवसर पारेर नेपाल आदिवासी जनजाती महासंघ क्षेत्रिय समिति बुसानले आयोजना गर्न लागेको ‘दिपावली साँझ’ कार्यक्रम दिनको १२ बजे सुरु हुने छ।

मलेसियामा पनि सागर आलेको सांगीतिक धमाका हुने
AP1 टेलिभिजनबाट हालै सम्पन्न चर्चित रियालिटी सो नेपाल आइडल टप-४ सागर आले मगरको मलेसियाको बिभिन्न शहरमा सांगीतिक कार्यक्रम हुने भएको छ।नेपाल मगर संघ मलेसियाको आयोजनामा सुनुवार सेवा समाज मलेसिया सहयोगी रहेर तथा IME Ria money transfer , Mandala Menu kl , रेष्टुरेन्ट पाहुना घर जोहोर , रिमिक्स रेस्टुरेन्ट रावङ, उग्रतारा रेष्टुरेन्ट केल, High Mountain View Travel & Tour, रेस्टुरेन्ट निमा जोहोर , रेस्टुरेन्ट गोर्खाली, भेटघाट रेस्टुरेन्ट केएल, लगायतको प्रायोजक रहेको नेपाल मगर संघ मलेसियाको साङ्गितिक कार्यक्रम सागर धमाका एभरेस्ट कन्सर्ट ३ हुने भएको छ।
मलेसियामा रहनु भएका सम्पुर्ण संगीतप्रेमी नेपाली

बुद्धिजीवी,व्यापारी,समाजसेवी लगायत रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई भरपुर मनोरञ्जन दिलाउने हेतुले नेपाल मगर संघ मलेसियाको आयोजनामा दिपावलीको अवसरमा मलेसियाको विभिन्न शहरमा सागर धमाका एभरेस्ट कन्सर्ट-३ आयोजना गर्न लागेको हो।
एभरेस्ट कन्सर्ट-३ कार्यक्रम मलेसियाको विभिन्न तीनवटा शहरहरु केल,पेनाङ र जोहोरबारुमा आयोजना हुनेछन्।जस अनुसार अक्टोबर १५ तारेख ११ बजे केएलको कोताराया कम्प्लेक्स सँगै रहेको युस्मा फुइ चिउको छैठौं तल्ला , अक्टोवर १८ तारेख ११ बजे पेनाङ बिएन देवान हलमा र अक्टोबर २२ तारेख १२ बजे जोहोरबारुको देशाचेम्बारलाङ हलमा कार्यक्रम सञ्चालन हुनेछ।

सागर आले कोरिया जादै ! कोरियामा रहेका सम्पुर्ण नेपालीहरुमा सागरको यस्तो अनुरोध !

साभार :- नयाँबाटो बाट

The post सागरको मन साच्चिकै पानि जस्तै सङ्लो सफा छ कोरिया उड्नु अघि विमानस्थल बाट यस्तो भने भिडियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ws83uo
via IFTTT

0 comments:

Post a Comment

add

 
Top