Photo of Milford Sound in New Zealand

स्पेनिस ला लिगामा रियल मड्रिडले महत्त्वपूर्ण जित निकालेको छ । भर्खरै सकिएको खेलमा रियल मड्रिडले गेटाफेलाई उसकै घरमा २–१ ले हराएको हो ।

लिगको आठौं खेल खेल्न गेटाफेको मैदानमा उत्रिको रियलका करिम बेन्जिमाले खेलको ४०औं मिनेमा गोल गरेका थिए । पहिलो हाफमा १–० अको अग्रता लिएको रियलविरुद्ध खेलको ५६औं मिनेटमा गेटाफेका मोलिनाले बराबरी गोल फर्काए ।

त्यसपछि केही दबाबमा देखिएको रियलका लागि खेलको ८५औं मिनेमा स्टार रोनाल्डोले गोल गर्दै जित दिलाए । रोनाल्डोको यो नयाँ सिजनको पहिलो गोल पनि थियो ।

यो जितसँगै रियल मड्रिड अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ । उसले आठ खेलबाट १७ अंक जोडेर दोस्रो स्थान लिएको हो । रियल अब शीर्ष स्थानको बार्सिलोनाभन्दा मात्रै ४ अंकले पछाडि छ ।

तर, आजै राति बार्सिलोना र एथ्लेटिको मड्रिडको पनि खेल भएकोले उक्त खेल जिते बार्सिलोनाले अंक दूरी बढाउने छ ।

आजै भएको एथ्लेटिको बिल्बाओ र सेभिल्लाबीचको खेला सेभिल्ला हार्दा रियललाई फाइदा पुगेको हो । सेभिललाको हारपछि रियलले उसलाई १ अंकले पछि पार्दै अंक तालिमा दोस्रो स्थान लिएको हो ।

The post रोनाल्डोको सिजनको ‘पहिलो र निर्णायक’ गोलले रियल मड्रिड विजयी, उक्लियो दोस्रो स्थानमा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from ARENA http://ift.tt/2xF50nf
via IFTTT

0 comments:

Post a Comment

add

 
Top