Photo of Milford Sound in New Zealand

१२ वर्षे माओवादी युद्धकालमा घटेका घटनालाई मुख्य बिषय बस्तु बनाइएकोे चलचित्र ‘तान्द्रो’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘अब मलाई बिदा देऊ’ बोलको गीतमा टिसुजिल कर्माचार्यको संगीत तथा स्वर छ । ‘ब्ल्याक हर्स पिक्चर्स’ र ‘सिनेमा आर्ट’ को व्यानरमा निर्माण भएको चलचित्रको उक्त गीतमा दयाहाङ राई, बुद्धि तामाङ, कमलमणी नेपाल लगायतका कलाकारहरुलाई फिचरिङ गरिएको छ । हेर्नुहोस् गीतः

साम्तेन भुटियाको निर्देशनमा बनेको चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ । शतिस कुमार गौतमको लगानीमा बनेको चलचित्रमा उपेन्द्र सुब्बाको कथा, रामबाबु गुरुङको संवाद रहेको छन । चलचित्रले अहिलेसम्म बिभिन्न अन्तराष्ट्रिय चलचित्र महोत्सबहरुमा सहभागीता जनाइसकेको छ । कार्तिक २४ गते प्रदर्शनको तयारीमा रहेको चलचित्रमा दया, बुद्धि र कमलसँगै रामबाबु गुरुङ, सरस्वती चौधरी, राजन खतिवडा, अरुणा कार्की, मणीराम पोखरेल लगायत कलाकारहरुको अभिनय रहेको छ ।

The post ‘अब मलाई बिदा देउ’ भन्दै गए दयाहाङ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2iy0kch
via IFTTT

0 comments:

Post a Comment

add

 
Top