Photo of Milford Sound in New Zealand

काठमाडौं । वि.सं. २०७४ सालको शुरुवातमा विवाह बन्धनमा बाँधिएका नायिका शिल्पा पोखरेल र निर्माता छवि ओझाको ‘वैवाहिक जीवन धरापमा’ परेको छ। दशैंमा टीका लगाउन ‘माइती–ससुराली’ जाने विषयमा शुरु भएको विवादले शिल्पा र छविको सम्बन्धमा दरार आएको हो।

स्रोतका अनुसार आफूभन्दा अझै दुई गुणा धेरै उमेरका छविलाई लिएर माइती जाने पक्षमा थिइनन्। त्यसमाथि दशैं अगाडि छविले आफू निकटका केही सञ्चारकर्मीलाई ‘वैवाहिक जीवनको खुलाशा’ गर्न अह्राएको तथ्य थाहा पाएपछि शिल्पा रुष्ट भएकी छिन्।

किस्मत–२ को प्रदर्शन भएको केही दिनपछि नै परिवारका केही सदस्यको उपस्थितिमा विवाह गरेका थिए। अहिले पनि उनीहरु एउटै घरमा पस्दै आएका छन्। पहिलो विवाह तोडेर रेखा थापासँग सम्बन्ध गाँस्न पुगेका छविलाई शिल्पाले पनि आधा बाटोमा छोड्ने पक्कापक्की भएको छ।

घरबाट आएको सल्लाह नमानी छविसँग विवाह गरेकी शिल्पालाई साथीहरुले पनि ‘छवि अंकलको खबर के छ शिल्पा?’ भन्ने गरेका छन्। पारिवारिक स्रोतका अनुसार यिनै कारणले पनि शिल्पाले छविसँगको सम्बन्धलाई पूर्णविराम लगाउने सोचमा पुगेकी हुन्।

The post धरापमा’ शिल्पा पाेखरेल र छवि ओझाको वैवाहिक सम्बन्ध appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zP1OmD
via IFTTT
25 Oct 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top