काठमाडौँ । विदेशी ह्याकरहरुले नेपालका वाणिज्य बैंकहरुलाई निसाना बनाउन थालेको समाचार बाहिर आइरहेको बेला मुलुककै प्रतिष्ठित बैंक एनआईसी एसियाको ३० करोड रुपैयाँ ह्याक गरेको रहस्य बाहिर आएको छ ।
लक्ष्मी पूजाको दिन बेलुकि बैंक बन्द गर्दा मुलुकभरकै शाखाको अवस्था दुरुस्त भएको रिपोर्ट सबै शाखा कार्यालयले बैंकका कार्यकारी अधिकृत लक्ष्मण रिसाललाई दिएको भए पनि आइतबार बिहान बैंकको सिस्टम हेर्दा ३० करोड रुपैयाँ नदेखिएपछि बैंकमा खैलाबैला मच्चिएको थियो ।
बैंकले रकमको खोजी गर्ने कामलाई दिइरहेका बेला उक्त रकम अन्तराष्ट्रिय ह्याकरहरुले ह्याक गरेको पत्ता लागेको थियो । बैंकका सूचना प्रविधि विज्ञहरुले ह्याक भएको केही रकम फर्काउन सफल भए पनि अन्य रकम भने ह्याकरहरुले ह्याक गरेर विदेशमा रहेको बैंकमा ट्रान्सफर गरेको आशंका गरिएको छ ।
राष्ट्र बैंकका सहायक प्रवक्ता रोजेन्द्र पण्डितका अनुसार एनआईसी एसिया बैंकको खाताबाट विदेशबाटै रकमान्तर गरेको देखिन्छ । उनले यो विषयमा अध्ययन गर्न टोली पठाइसकिएको र एनआईसी एसिया बैंकसँग कारोबार गर्ने विदेशी बैंकहरुलाई कारोबार नगर्न आग्रह गरेको जानकारी दिए । आजको नेपाल समाचारपत्रमा खबर छ ।
The post एनआइसि एसिया बैंकको ३० करोड ह्याक appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2lancPN
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.