Photo of Milford Sound in New Zealand

यस बर्षको फुलपातीको दिनदेखी प्रदर्शनरत चलचित्र ’छक्का पञ्जा २’ले सफलता प्राप्त गरिरहेको छ । प्रदर्शन मितिदेखि अहिलेसम्म चलचित्रले १५ करोड माथि कलेक्शन गरिसकेको वितरकले जनाएका छन् । चलचित्रले प्रदर्शनको पहिलो दिन नै कीर्तिमानी राख्दै डेढ करोड माथिको कलेक्शन गरेको थियो । छक्का पञ्जा २’ले छक्का पञ्जा १ ले ७५ दिनमा गरेको कलेक्सन १३ दिनमै उठाइसकेको थियो ।

चलचित्र प्रदर्शनको २६ औ दिन हिजो अबेरसम्मको शोमा पनि हाउसफूल नै रहेको वितरकले जनाएका छन् । आज पनि बिहानैदेखि चलचित्र हेर्न दर्शकको लाइन लागेका वितरकको भनाई छ । निर्माता दीपकराज गिरीले पहिलो दिन र पहिलो हप्ताको कलेक्शनमा रेकर्ड राख्नु नै ठुलो कुरा रहेको बताएका छन् । हलमा अहिले रुद्रपिया र रानी तथा आमिर खानको हिन्दु चलचित्र सिक्रेट सुपर स्टार चलिरहेकाले स्क्रिनको संख्या घटेपनि चलचित्र हेर्न आउने दर्शकको उत्साहमा कमी नआएको गिरी बताउँछन् ।

उच्च शिक्षाका लागि विदेश जान चाहने युवायुवतीको कथामा आधारित यो चलचित्रमा गिरीका साथमा केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, प्रियंका कार्की, स्वस्तिमा खड्का, वर्षा राउत, गौरव पहारी, स्वरुपपुरुष ढकाल, सन्ध्या केसी, प्रकाश घिमिरे, सरोज खनाललगायतले अभिनय गरेका छन् । फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।

The post ’छक्का पञ्जा २ ‘ को सफलता जारी, १५ करोड माथि गर्‍यो कलेक्शन …. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2it1oOI
via IFTTT

0 comments:

Post a Comment

add

 
Top