Photo of Milford Sound in New Zealand

असोज २५ – अर्जेन्टिना आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार बिहान भएको इक्वेडरसँगको निकै महत्वपूर्ण खेलमा ३–१ को जित निकाल्दै अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको हो । एक खेल बाँकी हुँदा छनौट नहुने खतरामा रहेको अर्जेन्टिना स्टार खेलाडी लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनको बलमा विश्वकपमा स्थान बनाउन सफल भएको हो ।

अर्जेन्टिनाको जितमा तीनै गोल मेस्सीले गरे । पहिलो मिनेटमा नै इक्वेडरका इबाराले गोल गरेपछि अर्जेन्टिना पछि परेको थियो । तर ११ औं मिनेटमा मेस्सीले अर्जेन्टिनाका लागि बराबरी गोल फर्काए । त्यसको सात मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए ।

पहिलो हाफमा दुई गोल गरेका मेस्सीले ६२ औं मिनेटमा सुन्दर गोल गर्दै ह्याट्रिक पूरा गरे । मेस्सीको ह्याट्रिकले अर्जेन्टिनालाई रुस यात्रा तय गर्न सजिलो बनायो । दक्षिण अमेरिकी क्षेत्रका १० देश मध्ये शीर्ष चारमा हरने टिमले विश्वकपमा सोझै स्थान बनाउँछन् । पाँचौं स्थानमा रहने टिमले प्ले–अफ खेल्नु पर्छ । अर्जेन्टिना २८ अंकसहित तेस्रो स्थानमा रहँदै विश्वकपका लागि छनौट भएको हो ।

The post मेस्सीको ह्याट्रिक, विश्वकपमा छानियो अर्जेन्टिना appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from ARENA http://ift.tt/2kFsDWP
via IFTTT
11 Oct 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top