Photo of Milford Sound in New Zealand

काठमाडौं, नायिका रेखा थापा केही समय अगाडीसम्म नेपाली चलचित्र क्षत्रकी एकछत्र राज गरेकी नायिका हुन् । पछिल्लो समय नेपाली सिनेक्षत्रमा पुस्ता परिवर्तन भयो, हिरोइन मात्रै भएर संधै नटिकिने देखेपछी फिल्म निर्माताको रुपमा आफुलाइ एक्सपोज गरिन् र सफलता पनि पाइन् । त्यसलगत्तै आफ्ना ब्यानरमा बाहेक अन्यत्र चलचित्रमा अभिनय गर्न पनि छाडिन् । अझै पछिल्लो समय फिल्म निर्माणसंगै राजनिति र समाजसेवामा पनि प्रवेश गरिन् । राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरि मतदानमार्फत पपुलर भोट ल्याउँदै केन्द्रीय सदस्य निर्वाचित भइन । यसरी उनको चलचित्ररराजनीति तथा सामाजिक जिवन त चलि नै रहेको छ । तर व्यक्तिगत जिवनका उतारचढावहरु अनेक छन् ।

चलचित्र क्षत्रमा प्रवेश संगै निर्माता छविराज ओझासंग विवाह बन्धनमा बाँधिएकी थिइन । वैवाहिक सम्बन्धले चलचित्र क्षत्रमा माथी त पुर्यायो तर दुवैजना सो सम्बन्धमा खुशी भइरहन सकेनन् । त्यसैका कारण केही बर्षअघि उनिहरु सम्बन्धविच्छेद गरि आ आफ्नो जिवन बाँचिरहेका छन् । यस्तोमा रेखा थापा विवाहित या अविवाहितरु कसैले सोधे उनि आफुलाइ अविवाहित बताउने गरेकी छन् । साथै संधैजसो संचारमाध्यहरुमा आफुले भनेजस्तो मान्छे नपाएको रेखाका गुनासाहरुले पनि ठाउँ पाइरहन्छन् । त्यसैले पनि आम मानिसहरुमा रेखाले बिहे गर्लिन या नगर्लिन्रु गरे कहिले गर्लिन यस्तै प्रश्नहरु उब्जिरहेका छन् ।

हालैमात्रै पनि केही मिडियामा गायक राजेशपायल राइसंग बिहे गर्ने सुर कसेको गाइँगुइँ पनि नचलेको होइन । तर त्यो खवर झुटो भनेर दुवैजनाले इन्कार नै गरे । यसैविचमा रेखाले आफ्नो सुर अन्तै कसिरहेको सुचना हामिलाइ प्राप्त भएको छ । स्रोतका अनुसार नायिका थापाले यहि कार्तिक दुइ गते लक्ष्मि पुजाको दिन पारेर आफ्नो लगन कस्न थालेको बुझिएको छ । लामो समयको तयारी पछी करिब पाँच करोड खर्चिएर उक्त विवाह सम्पन्न गर्न गैरहेको श्रोत बताउँछ ।

रेखाको विवाह को संग हुँदैछरु भन्ने जिज्ञासा स्वभाविक छ । त्यो रहष्य पनि खोल्छौँ हामी ।नायिका रेखा थापाको विवाह अरु कसैसंग नभएर चकलेटि नायक आर्यन सिग्देल संग पक्का भएको हो त्यो पनि रेखा फिल्म्सको ब्यानरमा निर्मित चलचित्र रुद्रप्रियामा ।यहि कार्तिक दुइ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको उक्त चलचित्रको गित र ट्रेलरले निकै सफलता प्राप्त गरिरहेको छ । उता निर्माण पक्ष पनि चलचित्रले ठुलो सफलता प्राप्त गर्ने अपेक्षा गरेका छन् । हाम्रो पनि शुभकामना चलचित्र रुद्रप्रिया लाइ ।

रिलमा धेरैपटक धेरै जनासंग बन्धनमा बाँधिएकी थापा अर्को विवाह कुन चलचित्रमा गर्लिन् त्यो भने हेर्न बाँकी छ । रियल लाइफमा भने विवाह गर्ने नगर्ने अन्योलमा छिन् । भनेजस्तै मान्छे पाए गर्न सक्ने नपाए यसै बस्न सक्ने उनको मनाशाय छ । जे भएपनि आम मानिसको चासोको बिषयको जवाफ अझै प्राप्त भएको छैन र प्रश्न संधै जिवित छ ।रेखाको बिहे कहिले होला ? bicharpati

The post वैवाहिक बन्धनमा बाधिँदै रेखा, कार्तिक दुइमा जुर्यो लगन । appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2fNYCmf
via IFTTT

0 comments:

Post a Comment

add

 
Top