Photo of Milford Sound in New Zealand

दशैंमा मासु र दारु

लामो समयसम्म शाकाहारी जीवन व्यतित गरेका नेपालका चर्चीत हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो कान्छो छोरोको बिवाहपछि फेरि मासु खान थालेका छन् । परिवारमा भान्सा अलग अलग गर्नु भन्दा एउटै भान्सा गर्नु उचित ठानेका उनले करिब १७ वर्षपछि मासु खान थालेका हुन् । तर यति लामो समयसम्म नखाएकोले होला आजभोली मासु खादां खासै जांगर चलेको छैन् । ‘खान त खान्छु तर दिगमीग लाग्छ खान नपरे हुन्थयो लाग्छ तैपनि परिवारसंग मासु खानुको बेग्लै आनन्द छ’ नेवारी समुदायमा दारु पनि खाने चलन छ । तर मदन भने दारु पिंउदैनन् । ‘मत दारु पिउंदै पिउंदिन पिउने त सिर्फ पानीमात्र हो ।’

दशैंमा जुवातास

जुवा खेल्ने नराम्रो बानी छैन उनको, तर अरुले तास खेलेको हेर्नभने औधी मन पर्छ रे । मलाई म्यारीज खेल्न आउंदैन, तर जुटपत्ति भने खेल्न आउँछ । म्यारीज खेल्न पनि आउँदैन, सिक्न पनि कैले सिकिन । मित्रहरुले गोलबद्ध भएर तास खेलेको हेर्दा आँफैले खेलेको जस्तो अनुभव भएपनि अरुले तासमा हारेर मुख खुम्च्याएको हेर्न खुव मजा आउँछ ।

आँफै पहिलो टिका आफ्नो निधारमा

मदन कृष्ण श्रेष्ठ घरका जेठा सदस्य हुन् । टिका घरबाटै उठ्छ । आँफुलेनै परिवारका सदस्यलाई टिकाको दि साईत पारेर टिका लगाईएि । ‘तर सबै भन्दा पहिलाचाहीं आफ्नो हातले आफैं टिका लगाईयो, घरको जेठोबाठो मै त हो ’ त्यसपछि भने आमाको हातको हातको टिका लगाउन जान्छु । आमा हामीसँग बस्नु हुन्न् ।

यसपालीको दशैं विशेष

यसपालि ‘महको म’ बाट यति धेरै सन्तुष्टि मिलेको छ उनको मन त्यसै त्यसै फुरुगं बनेको छ । मासु खान्दाm तास हेर्दा, परिवारमा बस्दा कोही शुभचिन्तकले फोन गर्दा तारिफ यति पाउंछु मन त्यसै नाचीरहेको छ । त्यसकारणले यो वर्ष दशैंहर्षले बितेको छ ।

‘म माधव प्रशाद घिमिरे भन्दा ३२ वर्ष कान्छो छु ’

‘आत्मकथा लेख्यो भन्दैमा म कहाँ मर्न लागेको बुढो भएंत ’ योत मैले मेरालागी एउटा पाठ लेखेको हुं, ताकी जीन्दगीलाई सम्झींदा फेरी ति पुराना गल्तीहरु नदोहोरीउन् । अनि आगामी जीवनको लागी सहिबाटो पहिल्याउन सकियोस । हरिवंश नभएको भए ‘मह’ नै हुदैन थियो । जव जव म कमजोर बनेको छु तव तव हरिवंश बलियो हुन्छ अनि जव उ निर्धो देखिन्छ म बलियो बनेर देखाईदिन्छु त्यसैलेत दुई दशक भन्दा लामो सहकार्य अडिएको छ ।nepalaaja

The post १७ वर्ष पछि फेरी मासु खान थाले… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hHJvv9
via IFTTT

0 comments:

Post a Comment

add

 
Top