Photo of Milford Sound in New Zealand

काठमाडौं ३० असाेज । नेपाल वायुसेवा निगम (नेपाल एयर लाइन्स)ले राेजगारीका लागि आवेदन माग गरेको छ । निगमले विरिष्ठ प्राविधिक अधिकृतदेखि ग्राउण्ड इक्युपमेन्ट अपरेटरसम्म बिभिन्न पदमा १ सय ६ जनाका लागि जागिर खुलाएको हो ।

निगलमले वरिष्ठ प्राविधिक अधिकृत, वरिष्ठ प्राविधिक अधिकृत (इलेक्ट्रिकल), सिनियर को–पाइलट, अधिकृत, लेखा अधिकृत, वरिष्ठ सहायक, वरिष्ठ लेखा सहायक, वरिष्ठ प्राविधिक, सिनियर आईटी टेक्निसियन, सहायक, लेखा सहायक, ग्राउण्ड इक्युपमेन्ट अपरेटर पदका लागि सार्वजनिक सूचनामर्फत् आवेदन माग गरेको छ ।

निगलमले सबैभन्दा धेरै प्रशासन/समान्य प्रशासनका लागि २२ जना अधिकृत माग गरेको छ । सम्बन्धीत पदका लागि स्नातकदेखि एसएलसी उत्र्तिणले आवेदन दिन सक्नेछन् । सम्पन्धीत पदका लागि सम्बन्धी विषय उत्र्तिण हुनु पर्ने निगम द्वारा जारी सूचनामा उल्लेख छ । आवेदकहरुको छनोट लिखित परीक्षा, एपटिउड टेष्ट, स्ववास्थ्य परीक्षा कम्प्युटर सिप र अन्तरर्वार्ताका माध्यमाबाट हुने निगमले जनाएको छ ।

आवेदकले काठमाडौं उपत्यकामा रहेको नेपाल बैंकको कुनै पनि कार्यालयबाट निगमको खाता नम्बर ०००२-११-००१९४५६ मा १ सय रुपैयाँ जम्मागरी परीक्षा दस्तुर बुझाउनु पर्नेछ ।

सो भौचर र आवश्यक कागजात सहित कात्तिक १८ गतेभित्रमा निगमको केन्द्रीय कार्यालय, न्युरोडबाट दरखास्त दिन सक्निछ । साथै, दोब्बर दस्तुर तिरि कात्तिक २६ गतेसम्म पनि दरखास्त दिन सकिने सूचनामा जनाइएकाे छ । कार्यक्षेत्र निगमको केन्द्रीय कार्यालय तथा त्यस अन्तरगतका कार्यालयहरु तोकिएको छ । लिखित परीक्षा लोक सेवा आयोगवाट संचालन हुनेछ र लिखित परीक्षाको कार्यक्रम पछि प्रकाशन गरिने सूचनामा जनाइएको छ ।

हेर्नुस पूरा सूचना

The post ‘नेपाल एयरलाइन्समा १०६ जनालाई जागिर खुल्यो, कुन पदमा कति चाहिन्छ योग्यता ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ypnJR4
via IFTTT
16 Oct 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top