Photo of Milford Sound in New Zealand

एजेन्सी, काठमाडौं, ६ मंसिर — सडकपेटीमा हिँड्दै गर्दा कुनै गाडी तीव्र गतिमा स्वाइयँ गयो भने पनि मुटु ढुकढुक हुन्छ । तर सडकमा गाडी नभई विमान नै आएर ठोकियो भने नि ?

अमेरिकाको फ्लोरिडामा हालै यस्तै भयो । दुर्घटना हुँदा प्रहरीको गाडीले गश्ती गरिरहेको थियो । गाडीमा रहेका प्रहरीहरूले एउटा सानो विमान सडकमाथि उडिरहेको देखे ।

विमानलाई यति नजिकबाट देख्दा उनीहरू छक्क परे । हेर्दाहेर्दै यो विमान अलि अगाडि गएर दुर्घटनाग्रस्त भयो र यो घटना प्रहरी भ्यानमा लगाइएको क्यामरामा कैद भयो ।

आइतवार बिहान दश बजे चार्टर प्लेन जोडदार धमाकाका साथ सडकमा ठोकिएर सडकछेउको रुखहरूमा घुस्यो । प्लेन पछ्याइरहेको प्रहरीको भ्यान घटनास्थलमा पुगेर त्यसमा बसेका मानिसलाई उद्धार गर्न पुग्यो ।

सानो चार्टर प्लेनमा दुई मानिस चढेका थिए र उनीहरूलाई सामान्य चोटपटक लागेको भएपनि पूरै सुरक्षित छन् ।

भिडियो हेर्दा पनि देखिन्छ विमान तीव्रताका साथ सडकतर्फ आउँछ र चर्को आवाज र धूलो उडाउँदै ठोकिन्छ । प्लेनको अघिल्लो भाग पूरै क्षतिग्रस्त हुन्छ ।

प्लेनलाई सडकमाथि उडेको देखेर वाहनहरू रोकिन्छन् । दुर्घटनाको यो भिडियो फ्लोरिडाको फायर एन्ड रेस्क्यू डिपार्टमेन्टले फेसबूकमा अपलोड गरेको हो ।

हेरौं भिडियो :

The post बीच सडकमा विमान दुर्घटनाग्रस्त (भिडियो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hHF93U
via IFTTT

0 comments:

Post a Comment

add

 
Top