Photo of Milford Sound in New Zealand

मंसिर–०६ मंसिर – बाँकेमा विवेकशील साझा पार्टीप्रतीको जनलहर बढ्दै गएको छ । यसबर्ष राष्ट्रिय पार्टी अर्को बर्ष देशको नेतृत्व नारासहित चुनावी मैदानमा होम्मिएको विवेकशील साझा पार्टीप्रती जनलहर बढ्दै गएको हो । बाँकेमा विवेकशील साझा पार्टीबाट क्षेत्र नम्वर १ को प्रतिनिधिसभाका लागि कुशल अधिकारी, प्रदेशसभा १ क बाट दया थारु र १ ख बाट ज्योति परियारको उम्मेदवारी परेको छ । त्यस्तै क्षेत्र नम्वर २ को प्रतिनिधिसभाका लागि नगेन्द्र कुवँर, प्रदेश सभा ख मा डाक्टर विनोद कर्णको उम्मेदवारी परेको छ भने क्षेत्र नम्वर तीनको प्रतिनिधिसभाको लागि अमित लामाको उम्मेदवारी परेको छ ।

बाँके क्षेत्र नम्वर २ का प्रतिनिधिसभाका उम्मेदवार नगेन्द्र कुवँर र प्रदेशसभा ख का उम्मेदवार डाक्टर बिनोद कर्ण नेतृत्वको टोलीले आज (बुधवार) नेपालगन्ज उपमहानगरपालिका १० भृकुटीनगर र बाँके गाउँमा चुनावी घरदैलो गरेको छ । त्यसक्रममा मतदाताहरुले उत्साहका साथ उनीहरुलाई स्वागत गर्दै मुलुकको हितका लागि नेतृत्वदायी भूमिका निभाउन सुझाव दिएका छन् । देशलाई ठूला पार्टीहरुले ध्वस्त बनाए अधिकांश मतदाताहरुको एउटै भनाइ थियो–‘तपाईहरुले जोगाउनु प¥यो ।’

अधिकांश ठूला दलहरुले निर्वाचनलाई भड्किलो र आचारसंहितालाई उल्लघन गरेको भएपनि विवेकशील साझा पार्टीले भने त्यसो नगरेको भन्दै परिवर्तन यहीबाट सुरु गरिएको डाक्टर कर्णले वताउनुभयो । उहाँले आप्mनो उम्मेदवारी नेपालगन्जको विकास र सम्बृद्धिको लागि भएको भन्दै मतदाताहरुलाई मन मात्र नभएर मत परिवर्तन गर्न आव्हान गर्नुभयो । चर्चित पत्रकार रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टी आप्mनै नेतृत्वमा देश बनाएर छाड्ने अठोटका साथ निर्वाचनमा होम्मिएको हो ।

भ्रष्टाचाररहित सुशभ्य समाज निर्माणको अभियानमा रहेको विवेकशील साझा पार्टीमा बौद्धिक व्यक्तित्वहरुको दवदवाह छ । पुराना पार्टीहरुले अधिकारको लडाइ लडे पनि मुलुकको सम्बृद्धि र विकासमा कुनै पनि भूमिका निभाउन नसकेको भन्दै बैकल्पिक शक्तिका रुपमा विवेकशील साझा पार्टी स्थापना भएको प्रतिनिधिसभाका उम्मेदवार कुवँरले वताउनुभयो ।

The post रविन्द्र मिश्रको विवेकशील साझा पार्टीप्रतीको जनलहर बढ्दै .. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2iF7mcq
via IFTTT

0 comments:

Post a Comment

add

 
Top