Photo of Milford Sound in New Zealand

नेपालमा रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेर चिनिया टोली स्वदेश फर्केको छ । २३ सदस्यीय चिनिया टोलीले केरुङ–काठमाडौँ, काठमाडौँ– लुम्बिनी र काठमाडौँ–पोखरा गरी तीन रुटको अध्ययन अवलोकन गरेपछि रेलमार्ग निर्माण गर्न सकिने निष्कर्ष निकालेको छ ।

नेपाल र चीनका अधिकारीले थप अध्ययन गर्ने समझदारीपत्रमा समेत हस्ताक्षर गरेका छन् र अर्काे बैठक आगामी एक डेढ महिनाभित्रै गर्ने सहमति पनि भएको छ । यसले थप आशा जगाएको छ । एक वर्षअघि तत्कालीन प्रधानमन्त्री के.पी. शर्मा ओलीको चीन भ्रमणका अवसरमा नेपाल चीनबीच रेलमार्गसहित यातायात र पारवहन सम्झौतामा हस्ताक्षर भएको थियो ।

त्यसपछि दुुवै मुलुकका उच्च अधिकारीको भेटघाटमा पनि यो कुरा प्राथमिकताका साथ उठ्दै आएको थियो । आ.व. २०७३÷७४ को बजेटमा पनि दुई वर्षभित्र विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने उल्लेख भएको थियो ।

प्रशासनिक र कानुनी जटिलताबारे पनि चिनिया टोलीले प्रारम्भमै सचेत गराइसकेको छ ।

जे भए पनि रेलमार्ग नेपालको आवश्यकता हो । अन्तर्राष्ट्रिय रेल सञ्जालमा जोडिन र छिटो यातायात सेवा सञ्चालनका लागि रेलमार्ग अत्यावश्यक छ । त्यसैले स्रोत र साधनको अभाव हुन नदिई जतिसक्दो चाँडो रेल सञ्जाल विकास गर्नुपर्छ ।

The post यस्ता छन् आजका पत्रपत्रिकाका सम्पादकीय appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zzoE42
via IFTTT
11 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top