Photo of Milford Sound in New Zealand

राजधानीकै अस्पताल तथा औषधि पसलहरू नियम–कानुन पालनामा इमानदार नरहेको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनले देखाएको छ ।

अनुगमनमा स्वास्थ्य संस्थाहरू नवीकरणबिना सञ्चालन भइरहेको, स्वीकृतिभन्दा बढी शय्या राखेको र अस्पताल शुल्क भनेर बढी रकम लिएको पाइएको छ ।

यो सम्बन्धित स्वास्थ्य संस्थाको गैरजिम्मेवार कार्य हो । यसले नियमनकारी निकायको पनि कमजोरी उजागर गरेको छ ।

विभागका अनुसार थापाथलीमा रहेको नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेजले स्वीकृति लिएको भन्दा बढी शय्या सञ्चालन गरिरहेको छ भने अस्पताल नवीकरण पनि गरिएको छैन ।

१ सय शय्याको अस्पताल सञ्चालनको स्वीकृति पाएको नर्भिकमा त्यसभन्दा बढी शय्या पाइएको हो । अस्पतालले ‘अस्पताल चार्ज’ का नाममा कानुनविपरीत सर्वसाधारणबाट थप १३ प्रतिशत रकम लिने गरेको भेटिएको छ ।

The post अस्पताल सञ्चालनमा बेथितिः कान्तिपुर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2jlakGj
via IFTTT
11 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top