Photo of Milford Sound in New Zealand

सिओल । भागेर दक्षिण कोरिया आइपुगेका एक उत्तर कोरियाली सैनिकको पेटमा भारी मात्रामा परजीवी भेटिएपछि उनको उपचारमा संलग्न डाक्टरहरु आश्चर्य चकित बनेका छन् ।

सोमबार घाइते अवस्थामा आइपुगेका ती सैनिकको दक्षिण कोरियाको एक अस्पतालमा उपचार जारी रहेको छ ।

ती सैनिक देशको सीमालाई छुट्याउने विसैन्यीकृत क्षेत्रबाट भाग्न सफल भएका थिए । सन् १९५३ को युद्धविराम पछि यस क्षेत्रमा सैनिकको भारी पहरा हुने गर्छ ।

दक्षिण कोरियाको सेनाको अनुसार जब सैनिक भागिरहेका थिए उनीमाथि उत्तरको सैनिकहरुले उनीमाथि ४० भन्दा बढी गोली प्रहार गरेका थिए ।

उनको उपचारमा संलग्न डाक्टरका अनुसार उनको स्थिति अहिले स्थिर रहेको छ । उनको शरीरमा अझै एउटा गोली बाँकी रहेको पनि बताइएको छ ।

तर, यो भन्दा पनि डाक्टरहरु सैनिकको आन्द्रामा भेटिएको परजीवीका कारण आश्चर्यचकित बनेका छन् । यसका कारण उसको घाउमा निकै धेरै असर परिरहेको छ र स्वास्थ्य सुधारमा समस्या आइरहेको छ ।

सैनिकको उपचार गरिरहेका डा. कोरियाली डाक्टरी ली कुक जोङ भन्छन्, ‘मेले आफ्नो २० वर्षको करियरमा यस्तो कहिले देखेको थिइनँ ।’

लीका अनुसार उनको आन्द्रामा भेटिएको सबैभन्दा ठूलो किरा २७ सेन्टीमिटर लामो रहेको छ । ratopati

The post जब पेटमा यस्ता किरैकिरा, देखे डाक्टरहरु नै आश्चर्यचकित परे … appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zgqeZN
via IFTTT
19 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top