Photo of Milford Sound in New Zealand

मंसिर ३, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । हृदयघातबाट मृत्यु भएका दाहालले केहि दिन अघि मात्र आफ्नो रंगिन तश्विर हटाएर ब्ल्याक इन व्हाइट तश्विर अपडेट गरेका थिए । नभन्दै प्रोफाइल फोटो जस्तै उनको जीवन ‘ब्ल्याक एण्ड ह्वाइट’झैं बनिसकेको छ ।

संयोग भनौं वा अन्तिम समयको सूचक ! आफ्नो मृत्युअगाडी नै फेसबुक प्रोफाइल फोटो ‘ब्ल्याक एण्ड ह्वाइट’ बनाएका उनले अन्तिम फोटो आफ्नो छोरा कुर्सिमा बसेको अवस्थामा अपडेट गरेको देखिन्छ । १३ दिन अगाडी उनले आफ्नो अन्तिम प्रोफाइल ‘ब्ल्याक एण्ड ह्वाइट’ राखेका थिए भने उनको अन्तिम पोष्ट पनि उनको छोराको फोटो भईदियो । यसलाई सांकेतिक रुपमा हेर्ने हो भने उनले मृत्युको १३ दिन अगाडी कात्तिक २० गते राखेको प्रोफाइल फोटो ‘ब्ल्याक एण्ड ह्वाइट’ राखिनु र दैनिक बिभिन्न पार्टीगत फोटो तथा पोष्टहरु दिने प्रकाशले अन्तिम पोष्ट कात्तिक ३० गते आफ्नो छोरा प्रणव दाहालको हुनु संयोग बनेको छ । दुवै तश्विर ‘सिम्बोलिक’ बनेका छन् । उनले अपडेट गरेको अन्तिम प्रोफाइल फोटोले जीवनको रङ्गलाई देखाएको छ जो अब साच्चै फोटोमा झैं भएको छ भने उनले गरेको अन्तिम पोष्टले उनिपछीको रंगीन जीवनलाई संकेत गरेको छ ।

माथिको कुरा संयोग मान्ने हो भने पनि प्रचण्ड परिवार यतिखेर अत्यन्त शोकमा डुबेको छ । मृत्यु शास्वत सत्य भएपनि प्रकाशको मृत्युको उमेर भएको थिएन । जसको कारण उनको परिवारमा ठूलो बज्रपात आइलागेको छ तर त्यो संगै आशाको पोको पनि बाँकी छ जसलाई उनको अन्तिम फेसबुक पोष्टले संकेत गर्छ ।

प्रकाशको प्रोफाइल फोटो १३ दिन अघि कृष्णबहादुर महरासँगको सामुहिक अनि रंगीन तस्वीर थियो । तर त्यसलाई उनले हटाएर आफ्नो एक्लो ‘ब्ल्याक एण्ड ह्वाइट’ तश्विर फेसबुक प्रोफाइलमा अपडेट गरे । नेपाली संस्कारलाई ध्यान दिने हो भने मृत्यु भइसकेको मानिसको तस्वीर ‘ब्ल्याक एण्ड ह्वाइट’ बनाउने चलन छ ।

The post संयोग: प्रकाश दाहालको ‘ब्ल्याक एण्ड ह्वाइट’ प्रोफाइल फोटो र अन्तिम पोष्ट ! appeared first on Taja nepali news.

http://ift.tt/2zWET9p

from SHYANE http://ift.tt/2zTwOUO
via IFTTT

0 comments:

Post a Comment

add

 
Top