Photo of Milford Sound in New Zealand

कञ्चनपुर, १० मंसिर । चुनाव प्रचारप्रसारमा सक्रिय रहेकै बेला पति प्रकाश दाहालको यही मंसिर ३ गते असामयिक निधनपछि शोकमा पर्नुभएका प्रतिनिधिसभा सदस्य उम्मेदवार विना मगर काठमाडौँबाट यहाँ आई पुनः प्रचारमा खट्नुभएको छ ।

निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कञ्चनपुर फर्किएर पुनः चुनावी प्रचारप्रसारमा सहभागी हुनुभएको छ । पतिशोकमा रहनुभएका मगरले आफ्नो निर्वाचन क्षेत्र पुगेर प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनको महासङ्ग्राममा रहेको बेला जीवनसाथी गुमाउनु पर्दाको पीडा आफ्ना लागि ठूलो चोट भए पनि व्यक्तिगत पीडाभन्दा राष्ट्रलाई समृद्धिको नयाँ युगमा प्रवेश गराउने जिम्मेवारी ठूलो भएको महसुस गरिएको जनाउनुभएको छ ।

आफ्नो अनुपस्थितिमा पनि समृद्धिको सपना पूरा गर्न निर्वाचनको प्रचारप्रसारलाई गति दिन अहोरात्र खटिएका सम्पूर्ण साथीभाइ, सञ्चारकर्र्मी र बुबाआमा, दाजुभाइ, दिदीबहिनीमा उहाँले कृतज्ञता प्रकट गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, “मैले आफ्नो राजनीतिक यात्राका क्रममा सुख र दुःखमा सधैँ तपार्इंहरूको माया, साथ र स्नेह पाउँदै आएकी छु । त्यसैले राजनीतिक र व्यक्तिगत जीवनको उतारचढावमा मैले भोगेका हारजीतले यस क्षेत्रका जनताप्रति मेरो जिम्मेवारीबोधलाई कहिल्यै असर गरेन । यस क्षेत्रलाई समृद्ध रुपमा विकास गर्ने मेरो सपना हो । त्यसैले यतिखेर परिवारमा परेको पीडा झेल्दै कञ्चनपुरको दुर्गम दक्षिणी क्षेत्रका जनताको सेवा गर्ने अठोटका साथ पुनः तपाईंहरूमाझ फर्किएकी छु ।” रासस

The post पतिशोकमा रहेकी विना मगर चुनाव प्रचारमा… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2A6JjfT
via IFTTT
25 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top