काठमाडौं- निश्चल बस्नेत निर्देशित ‘लुट २’ पाइरेसीको मारमा परेको छ।
फिल्म फेसबुक पेजमार्फत लिक भएको हो। ‘वाच मुभी अनलाइन’ नामक फेसबुक पेजमा पूरा फिल्म दुई भागमा लिक भएको छ। फिल्मलाई लाइभ गरेर रिलिज गरिएको हो। फिल्म ३ र ७ तारिखमा क्रमश: दुई भागमा रिलिज गरिएको छ।
पेजमा ‘लुट २’का चार वटा भिडियोहरू रहेका छन्। फिल्मको डिजिटल राइट प्राप्त हाइलाईट्स नेपालका प्रमुख ओम गुरूङले नेपाल लाइभसँग कुरा गर्दे फिल्म लिक भएको जानकारी आफूहरूलाई बुधबार मात्रै प्राप्त भएको बताए।
‘यो हाम्रो अनलाइन फिल्म हेर्न मिल्ने पेसाइट ‘हाम्रोसिनेमा डटकम’बाट फेसबुक लाइभ गरेर लिक गरिएको हो। फिल्म लिक भएकाले आजै युट्युबबाट रिलिज गर्ने भएका छौं,’ उनले भने, ‘फिल्म नेपालबाटै लिक भएको हो। अब हामी आवश्यक कानुनी प्रक्रिया अपनाउने छौं।’
लिक गर्ने व्यक्तिलाई किन यसो गरेको भनेर सोधे पनि कुनै जवाफ नपाएको उनले बताए।
फिल्म लिक भएपछि आफूहरूलाई हुने आर्थिक घाटाको हिसाबकिताब आज गर्ने पनि उनले बताएका छन्। यसका लागि आजै हाइलाइट्सले छलफल गर्ने भएको छ। छलफलपश्चात् कानुनी प्रक्रियामा जाने जानकारी गुरूङले दिए।
फिल्मको पहिलो शृंखला पनि लिक भएको थियो।
The post फेसबुक पेजमार्फत लिक भयो ‘लुट २’ appeared first on Taja nepali news.
http://ift.tt/2zuWwNnfrom SHYANE http://ift.tt/2m9Q1MK
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.