Photo of Milford Sound in New Zealand

काठमाडौं – कतिपय अवस्थामा मानिसलाई आफ्नो जीवनमाथि खतरा आउन लागेको पूर्वाभाष भएर प्रतिरोधको तयारी गर्दागर्दै पनि सानो हेलचेक्र्याइँले दुर्घटना टर्दो रहेनछ ।

प्रचण्डपुत्र प्रकाशको अवसानमा ठ्याक्कै यस्तो भएको पाइएको छ । उनले एक महिनाअघि आफ्ना बुवा र एमाले अध्यक्ष केपी ओलीबीच मानभवन र थापाथलीतिर ६०/४० को अनुपातमा सिट बाँडफाँडको निम्ति बाक्लै बैठक चलिरहेका बेला बाहिर बसेको अन्य साथीहरुसमपक्ष यस्तो सम्भावनाबारे कुरा चलाएका थिए । केपी ओलीका स्वकीसय सचिव राजेश बज्राचार्य सँग सूचना शेयर गर्दै भनेका रहेछन्, ‘यस्तो दौडधूपको बेला छ ।

यस्तो बेला अत्यन्तै तनाव हुन्छ । अकस्मात हार्टअट्याक या ब्रेन ह्याम्रज पनि हुन सक्छ । यदि त्यस्तो भइहाल्यो भने पनि तीन घण्टासम्म जोगिन सक्ने औषधि हुँदो रहेछ । मैले त किनेर राखेको छु । तीन घण्टामा त अस्पताल पुगेर उपचार गर्न भ्याइहालिन्छ नी । उनले बज्राचार्यलाई पनि सर्वसुलभ र एकदमै सस्तो औषधिको नाम बताएँदै सल्लाह दिएका रहेछन् । ‘तपाईं पनि एस्प्रिन (रगत पातलो बनाउने) किनेर साथमै राख्नुस है ।
तर दूर्भाग्यवश प्रकाशले किनेको औषधि पत्नी बीना मगरको झोलामा परेछ । त्यो झोला बोकेर बीना कंचनपुर पुगेको बेला यता प्रकाश हृदयघातको शिकार बने ।
– जनआस्था साप्ताहिकबाट

The post कस्तो दूर्भाग्य ! प्रकाशले बोक्ने गरेको औषधि बिनाको झोलामा छुटेछ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2An63JR
via IFTTT

0 comments:

Post a Comment

add

 
Top