Photo of Milford Sound in New Zealand

सार्वजनिक यातायातमा यौन दुरव्यहार दिनहंका घटना हुन् । तर, यि सामान्य घटना होइनन् । सवारीसाधनमा कोचाकोच हुंदा दूरव्यवहारीले मौकामा चौका हान्ने गर्दछन् । ठेलमठेल माइक्रको हालत उस्तै हुन्छ । यस्तै दुरव्यवहार भोगेकी रहिछन् गायिका ज्योती मगरले । उनी रोल्पाबाट काठमाडौं आएपछि संर्घषपूर्ण जीबन जिइरहेकी थिइन् । सार्वजनिक यातायातको प्रयोग गर्नुपथ्र्यो । १० बर्ष अघि नेपाल यातायात लोकप्रिय थियो । धेरैजसो रुटमा यही यातायात थियो । ज्योती मगर नेपाल यातायात नै धेरैजसो चढ्ने गर्थिन ।

गाडीमा चढ्न नपाउंदै कसैले छोइसकेको हुन्थ्यो । कुनै न कुनै बहानामा उनलाई छामछुम गरिन्थ्यो । उनी प्रतिकार गर्थिन । के खोजेको भनेपछि छामछुमवाला हच्किन्थ्यो । कहिलेकाहीं त समुहले नै छिड्की हान्थ्यो । पकेटमारको समुहपनि हुन्थ्यो । आर्कषक ज्योती मगरमाथि धेरैको आंखा पथ्र्यो । बक्रदृष्टि भएकाले उनको पाउंदेखि शीरसम्म कहीं न कहीं छुन खोज्थे । उनले पटकपटक यस्तो भोगेकी रहिछन् । ज्योती मगर कसैको ईच्छा विपरित कसैलाई छुनु भनेको अपराध ठान्छिन् । उनले आफुमाथि अपराध भएको महशुस गर्थिन र जाइलाग्थिन् । अहिलेपनि उनी विभिन्न कार्यक्रममा जांदा छामछुम पार्न खोज्ने भेटिन्छन् । तर, उनले सिंधा हेरेर के हो भनेपछि छामछुमवाला लल्याकलुलुक हुने गर्छन् । ज्योती भन्छिन्, ‘केटी भएकोमा गर्व गरौं । नेपालको कानून महिलाको पक्षमा छ । विभिन्न संघसंस्था छ । खुलेर प्रतिकार गरौं ।nepalaaja बाट ’हेर्नुहोस भिडियो

The post ज्योति मगरमाथि नेपाल यातायातमा यसरी भएको रहेछ छामछुम (भिडियो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2jMjlIo
via IFTTT

0 comments:

Post a Comment

add

 
Top