Photo of Milford Sound in New Zealand

काठमाडौं, कात्तिक ३० – ‘कर्कश’, ‘दुई रुपैयाँ’ जस्ता सिनेमामा अभिनय गरेका अभिनेता आसिफ साह गएको मंगलबार देखि ३७ वर्षमा प्रवेश गरेका छन् ।

जीवनका ३६ वसन्त पार गरेका आसिफ विवाह बन्धनमा बाँधिएकै १२ वर्ष भईसकेको छ । उनले नाशिरासँग मागी विवाह गरेका थिए ।

उनको विवाह प्रसंग निकै चाख लाग्दो छ । जन्मदिन विशेष कुराकानीमा उनले आफूले हुनेवाला श्रीमती अर्थात नाशिरालाई इन्गेजमेन्ट गर्ने समयसम्म नदेखेको बताए । परिवारबाट विवाह गर्ने कुरा आएपछि उनले विवाह गर्ने निधो गरे । विवाहको कुरा फाइनल भइसकेपछि इन्गेजमेन्टको समयमा मात्रै उनले नाशिरालाई देखेका थिए । त्यसबखत केटी कस्ती होली? भन्दा पनि विवाह गर्नु पर्छ भन्ने मात्र उनको दिमागमा थियो ।

यसै कारण आमाले मन पराएर विवाहको लागि छिनोफानो गरेकी नाशिरासँग उनले लगन गाँठो कसेका थिए । परिवारको आग्रहमा उनले विवाह त गरे तर विवाह पछि आफू विवाहित हुँ भनेर स्वीकार्न उनलाई झण्डै तीन महिना लाग्यो । विवाहपछि हिँडिरहेको समयमा बेला बखतमा ए ! म त विवाहित पो हुँ त ! भनेर झसंग हुन्थे । साँझ परेपछि साथीभाईलाई भेट्ने योजना बनाउँथे तर घरमा श्रीमती भएको याद आउँथ्यो र उनी घर फर्कन्थे । तर तीन महिना छि भने उनी यी सबै कुरामा बानी परे ।
विवाह गर्दिन भन्ने कारण नै थिएन

आसिफको २५ वर्षको उमेरमा विवाह भएको थियो । त्यो उमेरमा करिअरमै केन्द्रित भएका कारण विवाहको बारेमा उनले सोचेकै थिएनन् । तर परिवारबाट विवाह गर्ने कुरा आएपछि उनले विवाह गरे ।

प्रेमिका पनि नभएको भन्दै त्यतिबेला विवाहको लागि इन्कार गर्न आफूसँग कुनै कारण नभएको उनी बताउँछन् । आमाले भने अनुसार विवाह गरेको भन्दै उनले आफूलाई पूर्ण रुपमा आमामा समर्पित सन्तान भएको पनि बताए ।
करिअर र विवाह अलग पाटो

विवाहको समयमा आसिफ नेपाल वान टेलिभिजनमा ‘फर यू’ र ‘सँगसँगै’ नामका कार्यक्रम चलाउने गर्थे । त्यसबखत उनका यी कार्यक्रमहरु चर्चित टेलिभिजन कार्यक्रम हरुको सूचिमा थिए । करिअरको सुरुवातमै विवाह गरेका आशिफको विवाहको बारेमा आफ्नै विचार छ । धेरैले विवाह गर्दा करिअरमा असर पर्छ भन्ने गर्छन् । तर उनी भने ठिक यसको विपरीत विचार राख्छन् । विवाह र करिअर भनेको बिल्कुलै अलग पाटो भएको भन्दै उनले विवाहपछि पनि जीवनमा खासै असर नपरेको बताए ।

आसिफ नाशिरासँग एकदमै खुशी र सुखी वैवाहिक जीवन बिताइरहेका छन् । विवाहको एक दशक बित्दा उनी दुई छोरी आशिरा र अम्मराको पिता बनेका छन् । उनकी जेठी छोरी आशिरा (१० वर्ष) ५ कक्षामा अध्ययनरत छिन् भने कान्छी अम्मरा (७ वर्ष) अहिले १ कक्षामा अध्यनरत छिन् । gufgaf

The post केटी नहेरेरै विवाह गर्ने आसिफ साह appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hDcTmm
via IFTTT

0 comments:

Post a Comment

add

 
Top