Photo of Milford Sound in New Zealand

३० कात्तिक, काठमाडौं । हाँस्य टेलिश्रृङ्खला ‘झ्याइकुटी झ्याँई’ मा दिपेन सरको भूमिका निभाएर चर्चामा आएका होचा कलाकार दिपेन शाहको निधन भएको छ ।

उनको बिहीबार बिहान ७ः१५ बजे १९ वर्षको उमेरमा निधन भएको हो ।

नेपालकै होचा कलाकारको रुपमा परिचय बनाएका शाह केही वर्षयता बोनम्यारो रोगबाट पीडित थिए ।

धादिङ घर भएका उनी केही वर्षयता परिवारसहित काठमाडौंमा कोठा भाडामा लिएर बस्दै आएका थिए ।

पारिवारिक स्रोतका अनुसार उनी धादिङमा ३ दिने कार्यक्रममा सहभागी भएर ४ दिनअघि काठमाडौं फर्किएका थिए ।

शाहका दुई दिदी सर्जुना र सुजता र एक दाजु दिपेश छन् ।

उनले विभिन्न चलचित्रमा समेत अभिनय गरेका थिए ।

The post होचा कलाकार ‘दिपेन सर’ को निधन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2jtKWhB
via IFTTT

0 comments:

Post a Comment

add

 
Top